2026-11-01 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टफोन पड्किँदा मृत्यु ! कतै तपाईंले पनि गर्नुहुन्नँ यस्ता गल्ती ?

भदौ ३१, काठमाडौँ | मोबाइल फोनले हाम्रो जीवनमा थुप्रै परिवर्तन ल्याइदिएको छ तर यो कतिपय अवस्थामा निकै खतरनाक पनि हुनसक्छन् । हालै, भारतको उत्तर प्रदेशको बरेलीमा फोन पड्किँदा ८ महिनाकी बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । पीडित परिवारका अनुसार फोन सोलार प्यानलमार्फत् चार्ज गरिँदै थियो ।

अत्यधिक तातेका कारण फोनमा आगलागी भयो र यसको चपेटामा आउँदा बालिका जलिन् । यो पहिलो घटना भने होइन । मोबाइल पड्किएर मृत्यु भएको यो पहिलो घटना भने होइन । यस्ता थुप्रै स्थिति छन्, जतिबेला स्मार्टफोन प्रयोग गर्नु निकै खतरनाक हुनसक्छ । स्मार्टफोन उत्पादक कम्पनीले फोन तात्ने स्थितिलाई विशेष ध्यान दिन्छन् । त्यसो भए यस्ता घटना किन हुन्छन् ?

स्मार्टफोन पड्किएको धेरैजसो अवस्थामा प्रयोगकर्ताको लापरवाही देखिएको छ । कहिले फुटपाथमा पाइने ब्याट्रि त कहिले ओभर चार्जिङ, यस्तो थुप्रै कारणहरु छन् जसले फोन बिस्फोट गराउँछ । आउनुहोस्, आज यस्तै गल्तीबारे जानकारी लिऔँ ।

आवश्यकताभन्दा बढी चार्ज गर्नु

विशेषज्ञलाई विश्वास गर्ने हो भने कुनै पनि फोनमा ८० प्रतिशतभन्दा बढी चार्ज गर्नु हुँदैन । यसो गर्दा फोनको ब्याट्री लाइफ पनि लामो हुन्छ र बिस्फोट हुने जोखिम पनि निकै कम हुन्छ । धेरै मानिसहरुले फोन रातभरी चार्ज गर्न छोडिदिन्छन्, यस्तो बानीलाई तुरुन्तै त्याग्नुपर्छ । हुन त नयाँ आएका कतिपय फोनमा पावर डिस्कनेक्ट सुविधा दिइएको हुन्छ तर पुरानो फोनमा यस्ता सुविधा पाइँदैन । आवश्यकता भन्दा बढी चार्ज गर्दा कुनै दुर्घटना नै हुन्छ भन्ने त छैन तर तपाईंको फोन बिग्रिने सम्भावना भने बढी नै रहन्छ ।

चार्ज गर्दै गेम खेल्नु

गेम खेलिरहेका बेला फोन असाध्यै तात्छ । यस्तो अवस्थामा यदि तपाईं कुनै स्मार्टफोनलाई चार्जमा राखेर त्यसमा गेम खेलिरहनुहुन्छ भने फोन अत्यधिक तातो हुन्छ । चार्जिङ र गेमिङ, दुबै अवस्थामा स्मार्टफोन असाध्यै तात्ने गर्छ । यस्तोमा दुबै एकैपटक गर्नु हानिकारक साबित हुनसक्छ । फोन असाध्यै तात्दा भित्रका केही तत्व खराब हुनसक्छन् वा कुनै दुर्घटना पनि हुनसक्छन् । यतिबेला तपाईंको फोन हातमा छ भने त तपाईं नराम्रोसँग घाइते पनि हुन सक्नुहुन्छ ।

फास्ट चार्जिङ

बजारमा नयाँ आएका स्मार्टफोनले फास्ट चार्जिङ सपोर्ट गर्छ । भिन्न भिन्न प्रकारका फोनमा भिन्न भिन्न चार्जिङ क्षमता दिइएको हुन्छ । कुनै फोनले १४० वाटको चार्जिङ सपोर्ट गर्छ भने कसैमा १५ वाटको चार्जिङ पाइन्छ ।

यस्तोमा जुन पायो त्यहि चार्जरले आफ्नो फोन चार्ज गर्नु खतरनाक हुनसक्छ । यदि तपाईंको फोनले फास्ट चार्जिङ सपोर्ट गर्छ भने यसमा कुनै समस्या छैन । यस्तै सामान्य चार्जिङ सपोर्ट गर्ने स्मार्टफोनलाई फास्ट चार्जरले चार्ज गर्दा नकारात्मक परिणाम हुनसक्छ ।

चार्जमा राखेर कुरा गर्नु

फोनमा असाध्यै कुरा गर्ने खालको हुनुहुन्छ तपाईं ? त्यसो भए त कतिपटक त चार्जमा राखेर नै मस्तले कुरा गर्नुभएको पनि छ होला । तर यस्तो गर्नुभन्दा अघि तपाईंले धेरै पटक सोच्नुपर्छ किनभने यो स्थितिमा कुनै दुर्घटना भयो भने तपाईं नराम्रोसँग घाइते हुन सक्नुहुन्छ ।

फोन गरिरहेका बेला स्मार्टफोनले धेरै नै काम गरिरहेको हुन्छ । कुरा गरिरहेका बेला पनि फोन तात्ने गर्छ । यस्तै चार्ज हुँदा पनि फोन तात्ने गर्छ । त्यसैले चार्ज गरिरहेका बेला हामीले कहिल्यै फोन प्रयोग गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द