२०८३, ४ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईफोन १४ मा Xiaomi बाट एप्पलले समावेश गर्‍यो यी ३ फिचर

२०७९, १ आश्विन शनिबार ०६:०४

असोज १, काठमाडौं | एप्पलले गत साता आईफोन १४ सिरिज सार्वजनिक गर्‍याे । कम्पनीले नयाँ सिरिज सार्वजनिक गरेसँगै त्यसमा समावेश फिचरलाई लिएर थुप्रै कुरा बाहिर आएका छन् ।

आईफोनको नयाँ सिरिजमा थपिएका कतिपय फिचरहरू पनि एन्ड्रोइडबाट कपी भएको टिप्पणी भइरहेका छन् ।

यस वर्ष पनि आईफोन १४ सिरिजमा एन्ड्रोइडका केही फिचरहरू कपी गरेको पाइएकाे छ, जुन पहिलो पटकXiaomi मा प्रयोगमा ल्याइएको थियो ।

  • आईफोन १४ मा आएका र Xiaomi ले पहिले नै ल्याएको केही ३ फिचरहरु:

आईफोन १४ मा दुई ओटा लाइट सेन्सर समावेश गरिएको छ । एउटा लाइट सेन्सर अगाडि रहेको छ भने अर्को लाइट सेन्सर पछाडि रहेको छ । यसले गर्दा ब्राइटनेसलाई सटीक तरिकाले एडजस्ट गर्न सघाउँछ ।

यो पक्षमा भने साओमीले एप्पललाई पछाडि पारेको छ ।

चिनियाँ आउटलेट माई ड्राइभरका अनुसार सोमीले डुअल एम्बियन्ट लाइट सेन्सर सन् २०२० मा नै ल्याइसकेको थियो । यो फिचर Xiaomi टेन सिरिजका फ्लयागशिप फोनमा उपलब्ध गराएको थियो ।

आईफोनमा पहिलो पटक आएको अर्को फिचर भनेको डुअल फ्रिक्वेन्सी जीपीएस हो, जुन आईफोन १४ को प्रो मोडेलमा मात्र उपलब्ध छ ।

यी दुई जीपीएस फ्रिक्वेन्सीका माध्यमबाट स्मार्टफोनमा एउटा जीपीएसको तुलनामा सटिक लोकेसन प्राप्त गर्न सकिन्छ ।यसका माध्यमबाट गुगल म्याप्स जस्तो एपमा सही लोकेसन छिटो पाउन सकिन्छ । यो फिचर Xiaomiको स्मार्टफोनमा सबैभन्दा पहिले आएको थियो । Xiaomi ले यो फिचर २०१८ मा mi ८ फ्ल्यागशिप फोनमा ल्याएको थियो ।

आईफोन १४ सिरिजमा आएका प्रमुख अपग्रेडहरू ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, डिस्प्ले कटआउट र सुपर स्टेडी भिडिओ मोड सबै Xiaomi ले सबैभन्दा पहिले आफ्नो फोनमा उपलब्ध गराएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट