2026-09-18 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिभोको ‘वाई ३५’ र ‘वाई २२’ स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

असोज २, काठमाडौँ | नेपाली बजारमा चिनियाँ ब्रान्ड भिभोले ‘वाई’ सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोन भित्र्याएकाे छ । यसअन्तर्गत कम्पनीले ‘भिभो वाई ३५’ र ‘वाई २२’ उपलब्ध गराएको हो ।

‘वाई २५ ’ लाई कम्पनीले स्टाइलिस फोनको उपनाम दिएको छ । यसमा ६.५ इन्चको आईपीएस एलसीडी डिस्प्ले समावेश छ । क्वालकम एसएम६२२५ स्न्यापड्रागन ६८० फोरजी चिपसेटद्वारा सञ्चालित फोन एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा आधारित छ ।

त्यस्तै यो मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेफ्थ सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा छ ।

यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने ४४ वाटको फास्ट चार्जर समावेश गरिएको छ ।

नेपालमा उपलब्ध हुने भिभो वाई ३५ मोडेलमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीले यसको मूल्य ३० हजार ९९९ रूपैयाँ कायम गरेको छ ।

त्यस्तै कम्पनीले सार्वजनिक गरेको अर्को ‘वाई’ सिरिजको फाेन ‘भिभो वाई २२’ मा ६.५५ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ ।

मिडियाटेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित यो फोन एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित छ ।

यस फोनमा दुई ओटा रियर क्यामेरा छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश छन् । त्यसैगरी सेल्फी पारखीका लागि ८ मेगापिक्सेलको सिङ्गल क्यामेरा छ ।

यस फोनमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ भने १८ वाटको फास्ट चार्जिङ समावेश उपलब्ध गराइएको छ ।

४ जीबी र्‍याम र ६४ जीबी इन्टरनल स्टोरेज भेरियन्टकाे यो फोनको मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई