Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

यी ५२ देशमा रहेका नेपालीले असोज ३ गतेसम्म निःशुल्क फोन गर्नुस्

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, काठमाडौँ । भाइबरले दुई साताका लागि संसारको ५२ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने व्यवस्था ल्याएको छ ।

भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने व्यवस्था ल्याएको हो । यो सुविधा सेप्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुनेछ ।

विश्वभरमा साढे ७ करोड भन्दा बढी भाइबर प्रयोगकर्ता भएपनि भाइबरले नेपाललाई लक्षित गरेर यस्तो योजना ल्याएको हो । नेपालमा भाइबरको उपस्थिति बलियो रहेका कारण पनि यस्तो योजना ल्याईएको भाइबर कम्पनीले जनाएको छ ।

विशेष गरी नेपालको जनसंख्या मध्ये अत्याधिक नेपालीहरु बैदेशिक रोजगारी तथा अध्ययनको सिलसिलामा बिदेशमा रहेकाले यस्तो योजना ल्याएको कम्पनीको दाबी छ । नेपालमा भाइबर प्रयोकर्ता ४० लाखको हाराहारीमा रहेका छन् ।

बेलायत, अमेरिका, मलेशिया, साउदी अरेयिबा, कतार, जापान, कुवेत, भारत, बहाराइन, बंगलादेश, क्यानडा, बेल्जियम, अस्ट्रेलिया, भुटान, ब्रुनाइ, कम्बोडिया, चीन, साइप्रस, डेनमार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, इन्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, लाओस, लेबनान, मकाउ, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल, रुस, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्विडेन, स्विजरल्याण्ड, ताइवान, ताजकिस्तान, थाइल्याण्ड, टर्की लगायतका देशहरुमा निशुल्क कल गर्न सकिने कम्पनीले जनाएको छ ।