2026-11-01 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५२ देशमा रहेका नेपालीले असोज ३ गतेसम्म निःशुल्क फोन गर्नुस्

भदौ २८, काठमाडौँ । भाइबरले दुई साताका लागि संसारको ५२ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने व्यवस्था ल्याएको छ ।

भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने व्यवस्था ल्याएको हो । यो सुविधा सेप्टेम्बर १९ अर्थात असोज ३ गतेसम्म लागू हुनेछ ।

विश्वभरमा साढे ७ करोड भन्दा बढी भाइबर प्रयोगकर्ता भएपनि भाइबरले नेपाललाई लक्षित गरेर यस्तो योजना ल्याएको हो । नेपालमा भाइबरको उपस्थिति बलियो रहेका कारण पनि यस्तो योजना ल्याईएको भाइबर कम्पनीले जनाएको छ । 

विशेष गरी नेपालको जनसंख्या मध्ये अत्याधिक नेपालीहरु बैदेशिक रोजगारी तथा अध्ययनको सिलसिलामा बिदेशमा रहेकाले यस्तो योजना ल्याएको कम्पनीको दाबी छ । नेपालमा भाइबर प्रयोकर्ता ४० लाखको हाराहारीमा रहेका छन् ।

बेलायत, अमेरिका, मलेशिया, साउदी अरेयिबा, कतार, जापान, कुवेत, भारत, बहाराइन, बंगलादेश, क्यानडा, बेल्जियम, अस्ट्रेलिया, भुटान, ब्रुनाइ, कम्बोडिया, चीन, साइप्रस, डेनमार्क, फीनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, इन्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, लाओस, लेबनान, मकाउ, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, पाकिस्तान, फिलीपिन्स, पोल्याण्ड, पोर्चुगल, रुस, सिंगापुर, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्विडेन, स्विजरल्याण्ड, ताइवान, ताजकिस्तान, थाइल्याण्ड, टर्की लगायतका देशहरुमा निशुल्क कल गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द