2026-06-27 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंको अवसरमा टेलिकमले ल्यायो रिचार्जमा बोनस, भ्वाइस र डाटामा विशेष अफर

असोज ९, काठमाडौं | नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस र भ्वाइस तथा डाटा प्याकमा विशेष अफर ल्याएको छ। नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याकका साथै रिचार्ज गर्दा बोनससहितको पर्व अफर उपलब्ध गराउने भएको हो।

उक्त अफर दशैंका आज आइतबारदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछ।


डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ। 

त्यसैगरी, १ दिनका लागि अनलिमिटेड डाटा प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसैगरी, अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत् रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ। २०० देखि ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।

पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको नि:शुल्क सेवा पनि उपलब्ध गराइएको छ।

यी प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट