२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट सामान खरिद गर्दा ख्याल राख्नुहोस् यी कुरा

२०७९, १० आश्विन सोमबार ०७:४७

असोज १०, काठमाडौं | प्रविधिको विकाससँगै पछिल्लो समय अनलाईन सपिङ गर्ने ट्रेन्ड बढ्दै गएको छ। अनलाइन शपिङले हामीमध्ये कतिको जीवनमा निकै ठूलो भूमिका खेलेको हुन्छ । आफूलाई आवश्यक परेका विभिन्न सामाग्री अनलाइनमा सर्च गरेर अर्डर गरेकै भरमा कोठामै आइपुग्छ । यो हिसाबले अनलाइन शपिङ प्रभावकारी भएपनि पछिल्लो समय अनलाइनमा हुने विभिन्न स्क्याम भने यसका चुनाैती हुन् । त्यसैले अनलाइन शपिङ गर्दा नक्कली सामाग्री, ठगी जस्ता कुरामा भने निकै ध्यान दिन आवश्यक छ ।


अनलाइनबाट विभिन्न सामाग्री खरिद गर्दा सधैँ जोखिम हुन्छ वा ठगीमा परिन्छ भन्ने पनि होइन । इन्टरनेटमा थुप्रै आधिकारिक तथा अनधिकारिक साइट हुने भएकाले केही विशेष ख्याल चाहिँ गर्नुपर्छ भन्ने हो । इन्टरनेटमा देखा परेका जुनसुकै साइटलाई विश्वास गरेर अनलाइन सपिङ गर्दा थुप्रै जोखिम हुन्छन् । त्यसले अनलाइनप्रति तपाईँको विश्वास घट्ने, समय तथा पैसा खर्च गराउने भएकाले केही कुरा भने ख्याल गर्नुपर्ने हुन्छ ।

औषधिजन्य सामाग्री

इन्टरनेटमा औषधीजन्य सामाग्रीको उद्योग नियमन नभएको उद्योग हो । यसमा विशेषगरी भिटामिन तथा पोषण तत्व, तौल घटाउने शुत्रहरू जस्ता विषय समावेश हुन्छन् । यसमा केही देशहरूले नीति ल्याएको भए पनि धेरै देशहरू नियमन गर्न चुकिरहेका छन् ।

यसको अर्थ विभिन्न सामग्रीहरू परीक्षण नगरि कतिपय वेबसाइटले औषधिहरू राखिरहेका हुन्छन् । त्यसैले अनलाइनबाट औषधि खरिद गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । तपाईँले खरिद गर्न लागेको औषधि वा स्वास्थ्य सम्बन्धी टिप्स दिने साइट आधिकारिक हो या होइन भन्ने कुराको अध्ययन गर्नुहोस् । यसरी विभिन्न नियामक निकायले प्रमाणिकरण नगरेका साइटहरू विश्वास गरेर औषधिजन्य सामाग्री खरिद नगर्नुहोस् ।

सेकेन्ड ह्यान्ड सामग्रीहरू

फेसबुक मार्केटप्लेस सेकेन्ड ह्यान्ड सामाग्री खरिद गर्नका लागि उपयुक्त प्लेटफर्म हो । जसका माध्यमबाट तपाईँले कुनै संस्थाबाट भन्दा पनि व्यक्तिलाई भेटेर सामान खरिद गर्न सक्नुहुन्छ । तर, यसमा थुप्रै जोखिमहरू पनि हुन्छन् । फेसबुक मार्केटप्लेसबाट सेकेन्ड ह्यान्ड सामान बिक्री गर्ने सबै व्यक्ति वा आधिकारिक हुन्छन् भन्ने हुँदैन । उनीहरूले उक्त सामानको प्रशंसा गरेको भरमा विश्वास गरेर सामान खरिद गरिहाल्नु हुँदैन । त्यसका लागि पहिले उपयुक्त ठाउँमा भेट्ने प्रयास गर्नुहोस् । त्यस्ता सामाग्रीका लागि पहिले अध्ययन गर्नुहोस्, त्यसपछि भेटेर परीक्षण गरेर मात्र उक्त सामाग्री खरिद गर्नुहोस् ।

सस्ता विद्युतीय सामाग्री

अनलाइनमा देखिने सस्ता सामग्रीमा हामी बढी आकर्षित हुने गर्छौँ । विशेषगरी हामीलाई आवश्यक परेका कुनै विद्युतीय उपकरण सामाजिक सञ्जालमा देखिँदा उक्त सामाग्री खरिद गर्न हामी उत्साहित हुन्छौँ । यूएसबी ड्राइभ, हेडफोन, एयरबड्स, कम्प्युटरका सामग्री खरिद गर्दा सस्तो मूल्य देखेर आकर्षित हुनु हुँदैन । यो कुरा सबैमा लागू हुन्छ भन्ने पनि हुँदैन । किनभने कतिपय आधिकारिक साइटले अफर उपलब्ध गराउने भएकाले सस्तोमा पाइन् सक्छ । त्यसैले सस्तोमा कुनै पनि विद्युतीय सामाग्री खरिद गर्दा कुन कम्पनीको हो, किन सस्तो पाइयो, कस्तो सामाग्री हो भन्ने कुरा ख्याल गर्नुपर्छ ।

घरजग्गा खरिद तथा भाडाको कुरा

पछिल्लो समय अनलाइनबाट घरजग्गा खरिद गर्ने तथा कोठा वा घर भाडामा दिने प्रचलन बढिरहेको छ । यसले केही कुरामा सहज भएको छ भने जोखिम पनि उत्तिकै निम्त्याएको छ । विभिन्न अनलाइन माध्यमबाट कोठा भाडाका लागि लिन खोज्दा केहीले रजिस्ट्रेसन शुल्क लिइरहेका हुन्छन् । यसमा सबै भरपर्दो हुन्छन् भन्ने हुँदैन । कतिपयले ठगी गर्नका लागि नक्कली कम्पनी मार्फत  ठगी गरिरहेका हुन्छन् । आफू ठगिएको थाहा पाएपछि त्यसविरुद्ध कारवाही गर्नका लागि पनि धेरै लामो प्रक्रिया अपनाउनु पर्ने हुन्छ । त्यसैले अनलाइनबाट घरजग्गा खरिद गर्दा वा भाडामा लिँदा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ । 

कार्यक्रमका टिकट

कुनै पनि फिल्मको टिकट लिनुपर्यो वा कुनै कार्यक्रम टिकट लिनुपर्यो हामी अनलाइन माध्यमलाई बढी प्राथमिकता दिन्छौँ । एकातर्फ यसले घण्टौँ लाइन लागेर टिकट लिनुपर्ने झन्झटबाट मुक्त गरेको छ भने अर्कोतर्फ जोखिम पनि उत्तिकै निम्त्याएको हुन्छ । नेपालमा कार्यक्रमका टिकट अनलाइनबाट उपलब्ध गराउने प्रचलन बढिरहेको छ । त्यसैले त्यति जोखिम देखिएका छैनन् । यसमा विभिन्न व्यक्तिहरूले नक्कली साइट बनाएर टिकट बिक्री गरिरहेका हुन्छन् । यसमा पनि आफूले कुन साइटबाट टिकट लिन लागिएको हो भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

खाना

अनलाइनबाट खाना खरिद गर्दा पनि धेरै कुराको ख्याल गर्नुपर्ने हुन्छ । खाना प्रत्यक्ष रूपमा हाम्रो स्वास्थ्यसँग जोडिएको हुन्छ । त्यसैले अनलाइनबाट खाना खरिद गर्दा खाना कहाँबाट आउँछ भन्ने कुरा ख्याल गर्नुपर्छ । कतिपय बिक्रेताले खानाको गुणस्तरमा ध्यान दिएका हुँदैनन् । जसले गर्दा हाम्रो स्वास्थ्यलाई असर गरेको हुन्छ । त्यसैले कुनै अनलाइनबाट खाना अर्डर गर्दा धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ