असोज १४, काठमाण्डाै - एनसेलले कम तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर ल्याएकाे छ । चाडपर्वकाे समयमा घरमा रहँदा होस् या बाहिर जहाँ भए पनि पनि डेटा सेवा लिन सकिने गरी एनसेलले याे अफर ल्याएकाे हाे ।

दशैँ, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने कम्पनीकाे अपेक्षा छ । ग्राहकले यो प्याकमा करसहित मात्र ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउँछन् ।

यो प्याक एनसेलले बिहीवार असोज १३ गतेदेखि सञ्चालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ३० ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । यसैगरी एनसेल एप र एनसेलको वेबसाइटमार्फत पनि यो प्याक लिन सकिन्छ।

प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याकअन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन ठाउँमा रहेर यो प्याक सञ्चालन गर्दछन् त्यही ठाउँलाई होम लोकेशन मानिन्छ र अन्य ठाउँलाई अवे लोकेशन मानिन्छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको ठाउँ परिवर्तन पनि गर्न सक्ने र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक सञ्चालनमा आएपछि २८ दिनको लागि मान्य रहन्छ ।

यो डेटा प्याकको विशेषता भनेको प्याकमा रहेको डेटा खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागू नहुने एनसेलले जनाएकाे छ । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्नेछन् ।

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।