2026-09-18 09:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि विकास समितिको निर्देशन

भदौ २९, काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले सूचना तथा सञ्चार क्षेत्रको सुदृढीकरण र ग्रामीण दूरसञ्चार विकास कोषको सदुपयोगलगायतका विषयमा विगतमा दिएका निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि आज पुनःनिर्देशन दिएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक लागू, पत्रकार आचारसंहित विशिष्टिकृत सञ्चार नीतिको कार्यान्वयन गर्न, दूरसञ्चार सेवामा गुणस्तर र प्रभावकारिता वृद्धि गर्न पनि निर्देशन दिएको छ । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, सचिव दिनेशकुमार थपलियासहितका अधिकारीसँगको छलफलपछि सो निर्देशन दिइएको हो । 

समितिका सभापति रवीन्द्र अधिकारीले भन्नुभयो, “सञ्चार क्षेत्रमा दिइएका निर्देशनको प्रगति सन्तोषजनक भए पनि ग्रामीण दूरसञ्चार कोषको सदुपयोग नहुँदा गम्भीर चिन्ता पैदा भएको छ । अर्को बैठकमा आउँदा त्यसलाई उत्पादक क्षेत्रमा खर्च गरी अस्पताल, विद्यालयजस्ता सामाजिक क्षेत्रमा दूरसञ्चारको सर्वसुलभ पहुँच पुगेको हुनुपर्छ ।” सो कोषमा करिब रु साढे १२ अर्ब रकम छ । 

सो अबसरमा मन्त्री कार्कीले समिति र मन्त्रालयका बीच उचित समन्वय हुनुपर्ने भन्दै सार्वजनिक संस्थालाई सेवामुखी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन नसकिए समाजवादको लक्ष्य बोक्नुको अर्थ नहुने बताउनुभयो । 

उहाँले सार्वजनिक क्षेत्रमा निजी क्षेत्रको प्रवेश दिनु समाजवादको मर्मविपरीत भएकाले सार्वजनिक संस्थालाई नै प्रभावकारी बनाउन आफूले जोड दिने उल्लेख गर्नुभयो । 

मन्त्री कार्कीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण सेवा ९पिएसबी० मा रुपान्तरण गर्न सबैको सहयोगको अपेक्षा पनि व्यक्त गर्नुभयो । 

सचिव थपलियाले सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यममा श्रमजीवी पत्रकारको वृद्धि भएको न्यूनतम पारिश्रमिक ९मासिक रु १९५०० लागू भइसकेको र निजी क्षेत्रमा केही जटिलता रहेको जानकारी दिनुभयो । 

उहाँले पारिश्रमिक नपाउने पत्रकारले पनि उजुरी दिने स्थिति भएमा अनुगमन गरी कारबाही गर्न सहज हुने बताउनुभयो । मन्त्रालयले सोको अनुगमनका लागि छापा, टेलिभिजन र एफएमका लागि अलग अलग तीन समिति बनाई अनुगमन गर्ने तयारी गरेको सचिव थपलियाले जानकारी दिनुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले कोषको सदुपयोग गरी दूरसञ्चार क्षेत्र सुधार्न पेस गरेको कार्यायोजना मन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी दिनुभयो । 

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेलले सेवामा प्रभावकारिता ल्याउन विभिन्न सुधारका कार्यक्रम लागू गरिएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई