2026-11-01 11:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानिसको ‘ब्रेन सेल्स’ लाई मुसाको दिमागमा गरियो प्रत्यारोपण, के आयो नतिजा ?

असोज ३१, काठमाडौँ | मानव मस्तिष्कलाई बुझ्न र मस्तिष्कसँग सम्बन्धित समस्यालाई हल गर्नका लागि वैज्ञानिकले एउटा नयाँ प्रयोग गरेका छन् । हालै वैज्ञानिकले मानव मस्तिष्कको कोसिकालाई मुसाको दिमागमा ट्रान्सप्लान्ट गरेको छ । वैज्ञानिकका अनुसार यो प्रयोगले न्युरोडेभलपमेन्ट डिसअर्डरलाई गहिराईसँग बुझ्न मद्दत मिल्नेछ ।

स्ट्यानफोर्ड युनिभर्सिटटीको समूहले ल्याबमा बनेको मानव न्युरोन्स र ती जस्तै सहायक सेल्सका लिएर त्यसलाई नवजात मुसाको विकासशील दिमागमा प्रत्यारोपण गरे । मुसा हुर्किँदै गएपछि मानव न्युरोन्सले मुसाको दिमागमा काम गर्न सुरु गर्यो र थुप्रै सर्किट पनि बनायो । अनुसन्धानकर्ताका अनुसार सर्किटको प्रयोग न्युरोडेभलपमेन्ट डिसअर्डरको अध्ययनका लागि गर्न सकिन्छ ।

अनुसन्धानकर्ताले भनेका छन्, ‘अब हामी मानव मस्तिष्कबाट तन्तु ननिकाली, स्वस्थ मस्तिष्कको विकासका साथै, मस्तिष्क विकारको अध्ययन गर्न सक्छौँ । हामी यो नयाँ मञ्चको प्रयोगले न्युरोसाइकिएट्रिक विकारका लागि नयाँ औषधी र जिन थेरेपीको परीक्षण पनि गर्न सक्छौँ ।’

समूहले सन् २०१५ मा बताइएको एक तरिकाको प्रयोग गरेको छ जहाँ मानव छाला कोसिकालाई स्टेम कोसिकामा परिवर्तन गर्ने गरिन्छ र त्यसपछि दिमागको भिन्न भिन्न अर्गनोइड्समा बाँडिनेछ । त्यसो गर्दा प्रयोगशालामा विशेष मस्तिष्क साइटहरु साना अर्गानोइडहरु बन्न सक्छन् जुन वास्तविक मस्तिष्कमा विकसित हुँदैन तर नमूना जनावरमा प्रत्यारोपणका लागि उपयुक्त हुन्छ ।

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार नवजात मस्तिष्कमा मस्तिष्कको विकास हुँदै जाँदा सम्बन्ध अझ राम्रो हुन्छ । दुई वा तीन दिनको मुसाको बच्चामा मानव मस्तिष्क कोशिकाहरुको बन्डललाई प्रत्यारोपण गरियो । मुसाको आन्तरिक मेसिनरीलाई रगत र पोषण तत्वहरुको आपूर्ति गर्ने मानव कोशिकाहरुसँग अघि बढ्न धेरै समय लागेन ।

यसमा प्रतिरोधी कोशिकाहरु र फस्टाउनका लागि  आवश्यक सबै तत्वहरु प्रदान गर्दा मानव न्युरोन्स करिब एक इन्च बढ्यो र मुसाको गोलार्धको लगभग एक तिहाईमा फैलियो । यी प्रत्यारोपित न्युरोन्सहरु अब पेट्री डिश न्युरोन्सभन्दा ६ गुणा ठूला र जटिल थिए ।

त्यसपछि अनुसन्धानकर्ताले मानव कोशिकालाई दुई भिन्न–भिन्न बन्डलहरु प्रत्यारोपण गरे – एउटा बन्डल टिमोथी सिन्ड्रोमका रोगीबाट लिइयो । यो अटिजम र एपिलेप्सीसँग सम्बन्धित न्युरोलोजिकल डिसअर्डर हो । दोस्रो बन्डल कुनै सिन्ड्रोम बिना थियो । यी दुई बन्डलहरु एउटै मस्तिष्कमा राखिएको थियो । टिमोथी सिन्ड्रोम भएको हेमिस्फियरमा न्युरोन्स भिन्न तरिकाले विकसित भए र यी निकै साना थिए । यसले अनुसन्धानकर्ताहरूलाई यी विकारहरू कसरी विकास हुन्छ भन्ने बारे अन्तरदृष्टि प्रदान गर्‍यो ।

अन्य मुसामा अनुसन्धानकर्ताहरुले के देखाए भने किपावलोवियन एक्सपेरिमेन्टमा मानव सेल्सको सर्किट मुसाको दिमागभित्र विशेषगरी साना अर्गनोइडलाई उत्तेजित पारेर उनीहरुको व्यवहारलाई सिधा प्रभावित गरिरहेका थिए । यो प्रत्यारोपणले मुसाको काम गर्ने तरिकामा परिवर्तन देखिएन ।

अनुसन्धानधकर्ताका अनुसार यो मानव छाला कोशिकाद्वारा निर्मित हालसम्मको सबैभन्दा उन्नत ह्युमन ब्रेन सर्किट हो र मानव न्युरोन्सको ट्रान्सप्लान्ट जनावरको व्यवहारलाई प्रभावित पार्नसक्छ । वैज्ञानिकले भने, ‘यो प्लेटफर्मले पहिलोपटक मानव कोशिकाका लागि व्यवहारिक रिडआउट दिन्छ र हामीलाई आशा छ कि हामी यसमार्फत् जटिल मनोरोग स्थितिबारे उत्कृष्ट तरिकाले बुझ्न सक्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द