2026-11-01 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्वाचनको बेला सञ्चार माध्यम झनै अन्तरक्रियात्मक हुनुपर्छ’

कात्तिक २२, काठमाडौँ । प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उम्मेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन् । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा विज्ञहरूले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षता लगायतमा अनुगमन गर्नुपर्ने बताए ।

छलफलमा बोल्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले सञ्चार माध्यमले उम्मेदवार र दलका विषयमा दिने सामग्री एकोहोरो र भ्रमपूर्ण हुन नहुने बताउनुभयो । मतदातालाई सही उम्मेदवार छनोटका लागि सञ्चार माध्यमका सामग्रीले सघाउनुपर्ने उहाँको भनाई थियो । घिमिरेले नेपालका सञ्चार माध्यमले चुनावका बेला गर्ने मत सर्वेक्षणको विधि र मापदण्ड प्रष्ट हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सञ्चार माध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तरक्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताउनुभयो । उहाँले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चार माध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराउनुभयो ।

काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चार माध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार माध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरित भए÷नभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति बिष्णु निष्ठुरीले पत्रकार र सञ्चार माध्यम अराजक हुनसक्नेतर्फ सचेत रहँदै काउन्सिलले जिम्मेवार प्रेसका लागि निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । सञ्चार माध्यमले स्वतन्त्र र स्वच्छन्दताको सीमा नाघ्न नहुने उहाँको भनाई थियो ।

नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दाहालले निर्वाचनको समयमा जति धेरै अन्तरक्रिया हुन सक्यो त्यति नै सही उम्मेदवार निर्वाचित हुने भन्दै सञ्चार माध्यमले पूर्वाग्रहरहित रूपमा उम्मेदवार र दलका विषयमा मतदातालाई सुसूचित गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित साम्रगीको सत्यता, पक्षधरता, पुनरावृत्ति, दुष्प्रचारयुक्त आदि विषयमा अनुगमन केन्द्रीत गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले सञ्चार माध्यमले चुनावका सन्दर्भमा स्वतन्त्र बहस चलाउन सक्नुपर्ने बताउनुभयो । निर्वाचनका समयमा दल र उम्मेदवारका विषयमा सामग्री सम्प्रेषणमै रोक लगाउन नहुने भन्दै बिष्टले स्वतन्त्र बहसबाट मतदातालाई स्पष्ट पार्नु मिडियाको दायित्व भएको उल्लेख गर्नुभयो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चार माध्यमको आफ्नै निर्देशिका आवश्यक रहेको बताउनुभयो । उहाँले निर्वाचन आयोगले बनाएको आचारसंहिता प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नेगरी लागु भएको भन्दै सञ्चार माध्यममा निष्पक्ष बहस हुन रोक्न नहुने बताउनुभयो । सञ्चार माध्यममा जति धेरै सम्पादकीय स्वतन्त्रताको उपयोग हुन सक्यो उति नै धेरै प्रेस स्वतन्त्रताको रक्षा हुने उहाँको भनाई थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले गर्ने अनुगमनका सन्दर्भमा सरोकारवालाको सुझाव महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सरोकारवाला तथा विज्ञको सुझावको आधारमा काउन्सिल अघि बढ्ने भन्दै स्वतन्त्र प्रेसको रक्षा र सञ्चार माध्यमलाई आचारसंहिताको पालनामा जिम्मेवार बनाउन काउन्सिल सधैँ सक्रिय रहने प्रष्ट पार्नुभयो ।

काउन्सिलले सञ्चार माध्यममा नियमित अनुगमनका साथै निर्वाचन लक्षित गरी वस्तुगत र विषयगत अनुगमन गरिररहेको छ ।

काउन्सिलको कात्र्तिक ६ गते बसेको बोर्ड बैठकले निर्वाचन अनुगमनलाई देशव्यापी र प्रभावकारी बनाउन अध्यक्ष बस्नेतको संयोजकत्वमा दुवै संस्थाका पूर्व अध्यक्ष सम्मिलित आचारसंहिता अनुगमन सुझाव समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द