2026-06-27 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक : मार्क जुकरबर्गले ११,००० भन्दा बढी कर्मचारी निकाले, यस्तो कारण दिए

कात्तिक २५, काठमाडौँ | अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।​ फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप लगायतका सबै कम्पनी मेटा अन्तर्गत आउँछन्, जसमा ८७ हजारभन्दा बढी मानिस काम गर्छन् ।

मार्क जुकरबर्गले यो निर्णयलाई मेटाको इतिहासमा सबैभन्दा कठिन निर्णय भनेका छन् ।​ मेटामा हजारौंको रोजगारी गुमेको पाँच दिनअघि माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि हजारौँ मानिसलाई अचानक निकालिएको छ ।


जुकरबर्गले यसको कारण बताए

यो कदम पछि मार्क जुकरबर्गले एक विज्ञप्ति जारी गर्दै यो सबैका लागि निकै गाह्रो भएको बताएका छन् ।

उनले आफ्नो बयानमा लेखेका छन्, ‘मलाई थाहा छ यो सबैका लागि गाह्रो छ र म यस निर्णयबाट प्रभावित सबैसँग माफी चाहन्छु ।’

मार्क जुकरबर्गले यो निर्णयका लागि व्यवसायमा वृद्धिका ती दीर्घकालीन अपेक्षालाई जिम्मेवार बताएका छन् जुन कोरोना महामारीका बेला बढेको नाफाका लागि लगाइएको थियो ।

उनले लेखेका छन्, ‘धेरैले यो नाफालाई स्थायी हुने अनुमान गरेका थिए । मैले पनि त्यही अनुमान गरेको थिएँ । त्यसैको आधारमा मैले आफ्नो लगानीमा उल्लेख्य वृद्धि गरेँ ।’

तर बृहत् आर्थिक गिरावट अर्थात् आर्थिक वृद्धि सुस्त हुनु र बढ्दो प्रतिस्पर्धाका कारण नाफा अपेक्षाभन्दा बढी घटेको छ ।

यससँगै मार्क जुकरबर्गले आफूले गलत मूल्याङ्कन गरेको र त्यसको पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् ।

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार जुकरबर्गले गत मंगलबार सयौं कर्मचारीलाई यसबारे जानकारी दिएका थिए ।

जुकरबर्गले अब के गर्नेछन् ?

मार्क जुकरबर्गले आफ्नो कम्पनीले भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, विज्ञापन र मेटाभर्स जस्ता क्षेत्रमा लगानी गर्ने बताएका छन्, जसमा वृद्धिको उच्च सम्भावना छ ।

यससँगै मेटाले आफ्नो भवन कार्यालयमा हुने खर्च घटाउने भएको छ । यसका साथै कम्पनीले आगामी दिनमा डेस्क सेयरिङ मोडलको प्रवर्द्धन गर्ने जनाएको छ ।

मेटाले यो पनि भनेको छ कि यस निर्णयबाट प्रभावितहरूलाई चाँडै इमेल मार्फत् सूचित गरिनेछ र प्रश्नहरू सोध्ने विकल्प हुनेछ ।

फेसबुकले ती कर्मचारीहरुका लागि केही प्याकेजको पनि व्यवस्था गरेकाे छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट