2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

कात्तिक २९, काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो ।

३० भदौ २०५२  मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ ।

२०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।

देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई