२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड

२०७९, १ मंसिर बिहीबार ०७:३२

मङ्सिर १, काठमाडौँ । एजेन्सी | वर्ष सन् २०२२ को उत्तरार्धतिर आइपुग्दा यो वर्षका सबैभन्दा धेरै प्रयोग भएका पासवर्ड (Common Password) को सूची सार्वजनिक भएको छ ।

यो सूची हेर्दा आम इन्टरनेट प्रयोगकर्ताहरू अझै पनि आफ्नो अकाउन्टको पासवर्डका विषयमा खासै गम्भीर नभएको देखिन्छ ।


NordPass ले सार्वजनिक गरेको सन् २०२२ का सबैभन्दा धेरै प्रयोग भएका २ सय पासवर्डको सूची संलग्न रिपोर्ट अनुसार मानिसहरुले निकै सजिलैसँग अनुमान गर्न सकिने पासवर्डहरु अझै पनि प्रयोग गरिरहेका छन् । प्रयोगकर्ताको उक्त गल्तीको फाइदा चाहिँ ह्याकरहरुले उठाइरहेका छन् ।

विश्वका विभिन्न ३० वटा देशमा गरिएको अध्ययन अनुसार सन् २०२२ का सबैभन्दा धेरै प्रयोग गरिएका कमजोर पासवर्डमध्ये शीर्ष १० मा यी हुन् :

  • password
  • 123456
  • 123456789
  • guest
  • qwerty
  • 12345678
  • 111111
  • 12345
  • col123456
  • 123123

यसका अलावा मानिसहरुमा guest, vip जस्ता पासवर्डकेा प्रयोग पनि अत्यधिक रहेको पाइएको छ ।

शोधकर्ताहरुका अनुसार मानिसहरुमा कुनै चर्चित खेलकुद टिम, चलचित्रको पात्र तथा कुनै विशेष खानेकुराको नामलाई पासवर्डको रुपमा राख्ने चलन हराएको छैन । यसमा मानिसहरुले निकै चर्चित नामको प्रयोग गर्दछन् । त्यसैले पनि त्यस्ता पासवर्ड निकै कमजोर हुन्छन् र ह्याकरहरुले सजिलैसँग पत्ता लगाउन सक्दछन् ।

त्यसैले तपाइँले पनि यस्ता पासवर्ड प्रयोग गर्नुभएको छ भने तत्कालै परिवर्तन गर्नुहोस् । पासवर्डलाई बलियो तथा पत्ता लगाउन कठीन बनाउनुहोस् । त्यसका लागि पासवर्ड लामो राख्नुहोस् जसमा चिन्ह, अंक तथा अक्षर संलग्न गर्नुहोस् । यस्ता पासवर्ड सम्झना गर्न गाह्रो हुन्छ तर पनि साइबर सुरक्षाको दृष्टिले निकै जरुरी हुन्छ ।

साथै आफ्ना हरेक अनलाइन अकाउन्टका लागि छुट्टाछुट्टै पासवर्डको प्रयोग गर्नुहोस् । जसका कारण ह्याकरलाई पासवर्ड क्रयाक गर्न कठीन हुन्छ ।

यसका अतिरिक्त समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने र टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने गरेमा पनि आफ्नो अकाउन्ट ह्याक हुनबाट जोगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर