मङ्सिर २६, काठमाडौँ | यदि तपाईं दुई पाङ्ग्रे सवारी साधनको प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईंलाई हेलमेटको उपयोगिताबारे राम्ररी थाहा हुनुपर्छ। धेरै पटक यसले घातक दुर्घटनामा समेत चालकको ज्यान बचाउँछ। राँचीका विद्यार्थीले यस्तो हेल्मेट तयार गरेका छन् जुन निकै अनौठो छ । यदि दुई पाङ्ग्रे सवारी चलाउने व्यक्तिले मादक पदार्थ सेवन गरेका छन् भने, यो हेलमेटले बाइक वा स्कुटरलाई स्टार्ट गर्न दिँदैन।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने मानिसहरुका कारण धेरै सडक दुर्घटना हुने गर्दछन् र धेरैको अकालमा ज्यान जाने गर्दछ । मापसे गरेर गाडी चलाउने कार्यलाई रोक्नका लागि ट्राफिक नियमलाई कसिलो बनाउनुका साथै कडा जरिवाना समेत गरिन्छ । तर यसलाई पूर्णरुपमा रोक्न सकिएको छैन ।

उक्त हेल्मेटमा एउटा विशेष चिप जडान गरिएको छ । उक्त चिपका कारण सो हेल्मेट लगाएर बाइक चलाउने व्यक्तिले यदि रक्सी पिएमा बाइक नै स्टार्ट हुनेछैन ।

चारजना विद्यार्थीहरुले तयार पारेको उक्त सेन्सरवाला हेल्मेटको प्रोटोटाइपले निकै चर्चा कमाएको छ । यदि उक्त प्रोटोटाइपबाट व्यवसायिक रुपमा हेल्मेट उत्पादन गर्न सकिएमा त्यसले मापसे गरेर बाइक चलाउने कार्यमा लगाम लगाउन मद्दत मिल्नेछ ।

उक्त हेल्मेट लगाएर बाइक चलाउन खोज्ने व्यक्तिले यदि मापसे गरेको रहेछ भने हेल्मेटमा रहेको चिपले अलर्ट जारी गर्नेछ । सोही अलर्ट मोटरसाइकलले प्राप्त गर्नेछ र मोटरसाइकल स्टार्ट हुनेछैन । अर्थात् हेल्मेटमा लगाइएको चिपले केवल रक्सीको गन्धमात्र थाहा पाउनेछैन बाइकलाई स्टार्ट हुनबाट पनि रोक्नेछ ।

विद्यार्थीहरुले हेलमेट नै नलगाइकन तथा राम्रो ढंगले नलगाउँदा समेत बाइक स्टार्ट नहुने गरी अर्को चिप समेत विकास गर्ने योजना बनाएका छन् ।

विद्यार्थीले बनाए विशेष हेल्मेट, चालकले रक्सी पिएमा मोटरसाइकल स्टार्ट नहुने !
Leave a Comment