2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमाथि प्रतिबन्ध लगाउँदै अमेरिकी सरकार

पुस १७, काठमाडौँ | अमेरिकी सरकारले भिडिओ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको सरकारी डिभाइसहरूमा टिकटकलाई प्रतिबन्ध गर्ने निर्णय अमेरिकी सरकारले लिएको हो । यो निर्णयलाई लागू गर्नको लागि अमेरिकाले ‘नो टिकटक अन गभर्मेन्ट डिभाइसेस एक्ट’ अर्थात् सरकारी डिभाइसमा टिकटक चलाउन नपाइने सम्बन्धी ऐन जारी गर्ने तयारी गरिरहेको छ । 

अमेरिकाको प्रतिनिधि सभाले पहिले ने सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसको साथै अमेरिकाका विभिन्न प्रदेश जर्जिया, साउथ डाकोटा, मेरिल्यान्ड र टेक्सस लगायतले आफ्नै आन्तरिक निर्णयबाट सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गरिसकेको छ । 

अब सिनेटले भने एउटा कानुन नै तयार गरेर यसलाई अगाडि बढाउन लागेको हो । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन हो । यस्तोमा चीनले प्रयोगकर्ताको डेटा चोरी गर्न पनि टिकटक प्रयोग गर्नसक्ने कारण देखाउँदै अमेरिकाले यो एपमाथि प्रतिबन्ध लगाउन लागेको हो । 

हाललाई यो प्रतिबन्ध सरकारी कर्मचारी तथा सरकारी डिभाइसहरूमा मात्र लागू गर्ने सरकारको निर्णय छ । सर्वसाधारणको हकमा के गर्ने भन्ने विषयमा भने कुनै आधिकारिक धारणा आइसकेको छैन । 

यस विषयमा टिकटकका आधिकारिक व्यक्तिहरूले अमेरिकी सरकारलाई डेटा सुरक्षित हुने दाबी गरेपनि अमेरिकाले भने यसलाई प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई