2026-11-01 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकमाथि प्रतिबन्ध लगाउँदै अमेरिकी सरकार

पुस १७, काठमाडौँ | अमेरिकी सरकारले भिडिओ प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको सरकारी डिभाइसहरूमा टिकटकलाई प्रतिबन्ध गर्ने निर्णय अमेरिकी सरकारले लिएको हो । यो निर्णयलाई लागू गर्नको लागि अमेरिकाले ‘नो टिकटक अन गभर्मेन्ट डिभाइसेस एक्ट’ अर्थात् सरकारी डिभाइसमा टिकटक चलाउन नपाइने सम्बन्धी ऐन जारी गर्ने तयारी गरिरहेको छ । 

अमेरिकाको प्रतिनिधि सभाले पहिले ने सरकारी डिभाइसहरूमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेको छ । यसको साथै अमेरिकाका विभिन्न प्रदेश जर्जिया, साउथ डाकोटा, मेरिल्यान्ड र टेक्सस लगायतले आफ्नै आन्तरिक निर्णयबाट सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध गरिसकेको छ । 

अब सिनेटले भने एउटा कानुन नै तयार गरेर यसलाई अगाडि बढाउन लागेको हो । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको उत्पादन हो । यस्तोमा चीनले प्रयोगकर्ताको डेटा चोरी गर्न पनि टिकटक प्रयोग गर्नसक्ने कारण देखाउँदै अमेरिकाले यो एपमाथि प्रतिबन्ध लगाउन लागेको हो । 

हाललाई यो प्रतिबन्ध सरकारी कर्मचारी तथा सरकारी डिभाइसहरूमा मात्र लागू गर्ने सरकारको निर्णय छ । सर्वसाधारणको हकमा के गर्ने भन्ने विषयमा भने कुनै आधिकारिक धारणा आइसकेको छैन । 

यस विषयमा टिकटकका आधिकारिक व्यक्तिहरूले अमेरिकी सरकारलाई डेटा सुरक्षित हुने दाबी गरेपनि अमेरिकाले भने यसलाई प्रतिबन्ध नै गर्ने निर्णय लिएको हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द