2026-09-18 11:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्रिप्टो तथा अनलाइन जुवाका सबै वेबसाइट र एप नेपालमा प्रतिबन्ध गर्न निर्देशन

पुस २५, काठमाडौं | सरकारले मुद्राका रूपमा कानुनी मान्यता नदिएको बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी र प्रतिबन्धित नेटवर्क मार्केटिङ पछिल्ला दिनहरूमा बढ्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई त्यसमा पहुँच पुग्न नसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

अनलाइन प्रविधिमार्फत हुने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी , हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चुअल माध्यमहरू प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी व्यवस्था मिलाउन प्राधिकरणले सेवा प्रदायकलाई भनेको हो । 

‘त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सेवा प्रदायक संस्थाहरूलाई निर्देशन गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

उक्त निर्देशन पालना नगरे ऐन बमोजिम कारबाही हुने प्राधिकरणको अनुगमन महाशाखाले जनाएको छ । यसअघि अर्को नियामक निकाय, राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैरकानुनी कार्यहरूमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको थियो । 

फिका विश्वकपका बेला सट्टेबाजीमा संलग्न भएको आरोमा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो । हालै मात्र नेपाल र यूएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा ‘लाइभ बेटिङ’ गर्दै गरेको अवस्थामा प्रहरीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट एकै पटक ५० जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई