नयाँ स्मार्ट फोन किन्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी ८ कुरा

साझासवाल

पुस २७, काठमाडौँ । अहिलेको समयमा स्मार्ट फोन बजारमा छ्याछ्याप्ती उपलब्ध छन् । मोबाइल कम्पनीले नयाँ प्रोडक्ट बजारमा ल्याउँदा गर्ने अनेकन प्रतिबद्धताहरु हेर्दा र सुन्दा बजारमा भएका सबै फोन आकर्षक र गुणस्तरीय पनि लाग्छन् । यद्यपी बजारमा उपलब्ध अनेकन स्मार्ट फोनहरुमध्ये तपाईंका लागि सबै भन्दै उपयुक्त फोन कुन होला त ?

यसो त स्मार्ट फोन तपाईंको आवश्यकता र दक्षताको हिसाबले नै किन्न पर्ने हुन्छ तर पनि स्मार्ट फोन किन्नु पूर्व तपाईंले केही महत्वपूर्ण कुरामा ध्यान दिनु भयो भने तपाईंले आवश्यकता अनुसारको गुणस्तरीय फोन पाउने सम्भावना हुन्छ ।स्मार्टफोन किन्नु अघि ग्राहक आफैले त्यसबारे चाहिने जानकारी बुझेर जानु पर्छ। यस्ता केही सामान्य कुरा छन्, जुन मोबाइल किन्दा ध्यान दिनुपर्ने हुन्छ।

१. अनुसन्धान गर्ने

स्मार्टफोन किन्नु अगाडि सुरुमा त्यसको मूल्य आफ्नो आवश्यकता र बजेट भित्र पर्छ वा पर्दैन जाँच गर्नुपर्छ। यसको लागि फोनको मूल्यहरु अनलाइनमा खोज्ने, विश्वसनीय स्रोतबाट फोनको समीक्षा पढ्ने र नजिकैको मोबाइल पसलमा गएर त्यसको बारेमा बुझ्न सकिन्छ।

ब्रान्डहरुले बजारमा ल्याउने ठूलो प्रोमोसन र अवसरको पछि लाग्नु हुँदैन। फोनको विशेषताको बारेमा सक्दो अनुसन्धान गरी त्यसको टिकाउ क्षमता बुझेर मात्र किन्नु पर्छ।

२. आफूलाई चाहिने फिचरमा बढी ध्यान दिने

मोबाइल किन्दा कहिल्यै हतार गर्नु हुँदैन। यसमा खरिद गर्दा विचार गर्नुपर्ने कयौँ कुरा छन्। पहिले त आफूलाई स्मार्टफोनमा कुन फिचर बढी चाहिएको हो बुझ्नुपर्छ। यो हरेक मानिसको रोजाइ अनुसार फरक हुन्छ।

जस्तै, कसैलाई गीत र भिडियो राख्न धेरै स्टोरेज भएको मोबाइल चाहिन्छ, कसैलाई लामो समयसम्म टिक्ने ब्याट्री भएको मोबाइल, त कसैलाई राम्रो क्यामेरा प्रोसेसर भएको मोबाइलमा रूची हुन्छ।

आफूलाई प्रयोग गर्न चाहिने फिचर याद गर्नुपर्छ। प्रयोग नहुने अनावश्यक फिचर भएको मोबाइलमा आकर्षित भर्इ किन्नु हुँदैन।

३. स्क्रिन ब्राइटनेस महत्वपूर्ण हुन्छ

ग्राहकले मोबाइलको स्क्रिन ब्राइटनेस र रंगको गुणस्तरबारे बुझ्नुपर्ने हुन्छ। बाहिर घाममा मोबाइल चलाउँदा आफ्नो आँखाले स्क्रिन देख्न सक्ने चम्किलो ब्राइटनेस हुनुपर्छ। मोबाइलमा 'ब्राइटनेस' थोरै भएमा स्क्रिन धमिलो देखिने समस्या आउन सक्छ।

यदि मोबाइल लामो समयसम्म चलाउनु पर्छ भने डिस्प्ले आकारमा पनि ध्यान दिनु पर्छ। यसको लागि करिब ५.८ देखि ६.४ इन्च सम्मको मोबाइल प्रयोग गर्दा राम्रो हुन्छ।

४. सहजता र उपयोगितामा सम्झौता गर्नु हुँदैन

हरेक वर्ष बजारमा ठूलो आकारको स्मार्टफोन भित्रिँदै गर्दा ग्राहकले आफ्नो सहजतामा सम्झौता गरिएको देखिन्छ। ठूलो  मोबाइल एउटा हातले चलाउन नमिल्ने र खल्तीमा राख्न अप्ठेयारो हुने भएकोले धेरैले ठूलो डिस्प्ले भएको  मोबाइल रुचाएको देखिदैँन।

त्यसैले आफूलाई टाइप गर्न सहज हुने र साथै स्क्रिनको सबै भाग एउटै हातले पहुँच योग्य हुने मोबाइल किन्नु पर्छ। यस कारण मोबाइल खरिद गर्नु अघि भौतिक रुपमा प्रयोग गर्नुपर्छ।

५. न्यूनतम ३२ जिबी स्टोरेजको स्मार्टफोन खरिद गर्नुपर्छ

स्मार्टफोन सधैँ ३२ जिबी वा सम्भव भए ६४ जिबी आन्तरिक स्टोरेज भएको खरिद गर्नुपर्छ। मोबाइलको स्टोरेज प्रयोगकर्ता अनुसार पनि निर्भर गर्छ, तर यदि धेरै फोटो, भिडियो, गीत, गेम र अन्य एप राख्नु परेमा धेरै स्टोरेज भएको मोबाइलमा ध्यान दिनु पर्छ।

एन्ड्रोइड मोबाइलको स्टोरेज बढाउन माइक्रोएसडी कार्ड राख्न सकिन्छ। तर, यो कार्ड आइफोन प्रयोगकर्ताको लागि उपयोगी हुँदैन।

६. ब्याट्री क्षमता धेरै भएको मोबाइलमा रोज्नुपर्छ

हामी सबै आफ्नो मोबाइलको ब्याट्री दिनभर टिकोस् भन्ने चाहान्छौँ, तर यो सम्भव हुँदैन। यो आफूले मोबाइल चलाउने तरिका अनुसार पनि फरक पर्छ। युटुबमा धेरैबेर चलाउँदा र खराब नेटवर्कले ब्याट्री चाडैँ बिग्रिन्छ। नयाँ मोबाइल खरिद गर्दा ठूलो ब्याट्री भएको र चाँडै चार्ज हुने मोबाइल हेर्नु पर्छ।

७. क्यामेरा गुणस्तरमा ध्यान दिनुपर्छ

गुणस्तर क्यामेरा प्राय प्रयोगकर्ताले मोबाइल खरिद गर्दा बढी ध्यान दिने फिचरमा पर्छ। महंगा स्मार्टफोनका क्यामेरा उत्कृष्ट हुन्छ नै, तर कम बजेटमा पर्ने स्मार्टफोनमा राम्रो क्यामेरा हुँदैन।

यसको लागि क्यामेराको मेगापिक्सेल, एपर्चर, डुअल लेन्स र फाेटाे कत्तिकाे स्थिर रहन्छ जस्ता फिचरमा याद गर्नुपर्छ।

८. नयाँ फोन रिलिज हुने समय याद राख्ने

ब्रान्डहरुले स्मार्टफोन हरेक महिना बजारमा ल्याउने गर्छन्, त्यसैले खरिद गर्नको लागि कुनै निश्चित समय हुँदैन।

तर, सामसङ र एप्पल जस्ता ठूला स्मार्टफोन कम्पनीले मार्च र नोभेम्बर तिर आफ्नो मोबाइल सार्वजनिक गर्छन्।

नयाँ मोबाइल रिलिज भएपछि पुराना मोडेलका मोबाइलको मूल्य सस्तो हुँदै जान्छ। ग्राहकले स्मार्टफोन रिलिज हुने समय याद राखे भने पुराना मोडेल किनेर पैसा बचत गर्न सक्छन्।

(इन्डियन एक्सप्रेसको सहयोगमा)

Leave a Comment

Leave a Reply