२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानको शौचालयमा फ्लस गरेपछि के हुन्छ ?

२०७९, ६ माघ शुक्रबार ०७:३३

एजेन्सी | डिसेम्बर २०१६ मा छतमा घाम तापिरहेकी एक महिलाको काँधमा अचानक १२ किलोभन्दा बढीको कुनै टुक्रा खस्यो । साथै, केही टुक्रा उनको छतमा पनि छरिए । अनुसन्धान गर्दा थाहा भयो कि यो टुक्रा माथिबाट यात्रा गरिरहेको विमानबाट लिक भएको थियो । बरफको ठोस् टुक्राजस्तो देखिने यो चिज विमानका यात्रीहरुको मलमूत्र थियो । ती महिलाको काँध भाँच्चियो । घटना मध्य प्रदेशको सागर शहरको थियो । सम्बन्धित एयरलाइन्सले मुद्दा चर्किएपछि महिलालाई जरिवाना दिने पनि कुरा गरेका थिए ।


जनवरी २०१८ मा पनि यस्तै घटना घटित भएको थियो । गुरुग्रामको फाजिलपुर बादली गाउँमा भयानक बिस्फोट भयो । मानिसहरु आएर हेर्दा खेतको बीचमा केही वस्तु देखे जसको चारैतिर बरफ थियो । त्यो वस्तु अर्को ग्रहबाट खसेको भन्दै धेरै मानिसहरुले यसको स–सानो टुक्रा आफ्नो घरमा लिएर गए । पछि थाहा भयो कि त्यो विमानबाट खसेको ब्लू आइस थियो अर्थात् मलमूत्र ।

अमेरिकादेखि लण्डनसम्म भइरहन्छन् यस्ता घटना

यस्तै अमेरिकामा सन् १९७९ देखि २००३ भित्र २७ यस्ता घटना भएका थिए । यो डाटा पुरानो हो । हालै बेलायतको विन्डसर क्यासलमा पनि विमानबाट ब्लू आईस खसेको बताइएको थियो । यद्यपि, यस्ता घटना दुर्लभ भएकोले एयरलाइन्सलाई मर्मतसम्भार सुधार गर्न बाध्य पारिएको छ । यस्तै, एक समय यस्तो पनि थियो जब उडान भरिरहेको विमानमा यस्तो धेरैजसो हुने गर्दथ्यो ।

सुरुमा विमानमा शौचलय बनाएपछि थुप्रै समस्या भए । जस्तै फोहोरको तौल यति हुन थाल्यो कि विमानले यात्रीको संख्या घटाए । तर यो समाधान थिएन । त्यतिबेला शौचालय फूलप्रुफ पनि थिएन । त्यो लिक हुँदै जमिनमा, कारमा, भवनमा र यहाँसम्म कि मानिसहरुमा समेत खस्ने गर्दथ्यो । त्यसपछि सरकारले यसमाथि जरिवाना तोक्न थाले ।

यस्तो छ आधुनिक इन–फ्लाइट टोयलेट

सन् १९७५ मा भर्जिनियन इन्जिनियर जेम्स केम्परले मोर्डन एयरप्लेन टोयलेट बनाए । यसमा निकै राम्रोसँग काम गर्ने भ्याक्युम सिस्टमबाहेक एकप्रकारको डिसइन्फेक्टिङ लिक्विड पनि हुन्छ । यसले विमानमा गन्ध फैलनबाट रोक्छ । यो प्रणाली यस्तो छ कि तपाईंले फ्लश बटन दबाउने बित्तिकै फोहोर पाइपमार्फत् एउटा सिल गरिएको ट्याङ्कीमा पुग्नेछ जहाँ यो फ्रिज हुनेछ । यो त्यतिबेला मात्रै खाली हुनेछ जब विमान आफ्नो गन्तव्यसम्म पुग्नेछ । हरेक विमानस्थलमा अन्डरग्राउन्ड ढल हुन्छ जहाँ यो खाली पारिन्छ ।

किन भनिन्छ ब्लू आइस ?

यो उड्डयन क्षेत्रमा प्रयोग हुने शब्द हो जुन बरफले जमेका मलमूत्रका लागि प्रयोग हुन्छ । ब्लू आईस अर्थात् मानिसको बायोवेस्ट र डिसइन्फेक्टेन्टको मिश्रण जुन उचाईमा पुगेर जम्ने गर्छ । डिसइन्फेक्टेन्टको निलो रङका कारण यो फोहोर बरफको निलो टुक्राजस्तै देखिन्छ ।

विमानका लागि पनि खतरा हो बायोवेस्ट ?

कतिपटक विमानको सेप्टिक ट्याङ्कीको चुहावटका कारण जमिनमा यो खस्ने सम्भावना बढी हुन्छ । विमानका लागि पनि ब्लू आईस खतरा हो । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले थुप्रै पटक यसको खतराको विषयमा चेतावनी दिएको छ । बोइङ ७२७ मा ब्लू आई लिक भएर सिधै एउटा इन्जिनमा ठोक्कियो जसका कारण बिजुली गयो । विमानको आपत्कालीन अवतरण गराइयो । दुर्घटनामा कसैको ज्यान त गएन तर त्यसपछि एयरलाइन्स बायोवेस्टको विषयमा बढी सतर्क हुन थाले ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह