चिराइतो खेतीमा रोग लागेपछि किसान चिन्तित

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

असोज १०, भोजपुर । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।

माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।

खेती लगाएर हुर्कर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्ने भएको षडानन्द नगरपालिका–८ का कमल भुजेलले बताउनुभयो । उहाँका अनुसार “दाम आउने बोट जरासितै मर्न थालेको छ,” “बगानै खत्तम हुन लागेको छ, हाम्रो खाने लाउने, घरखर्च टार्ने मेलोमेसो नै गुम्न लागेको छ ।”

कृषि विकास कार्यालय भोजपुरमा उपचार पद्धतिबारे सोधपुछ गर्दा अनविज्ञता व्यक्त गरेको सोही ठाउँका अर्का कृषक ग्याल्जेन शेर्पाले बताउनुभयो ।

माथिल्लो भेगको एक हजार ७०० देखि तीन हजार मिटर उचाइसम्ममा उत्पादन हुने चिराइतोबाट पोहोर साल प्रतिघर रु २४ लाख कमाएका किसानले यस वर्ष भाउ पाए पनि रु ५० हजारसमेत बनाउन नसक्ने अनुमान लगाइसकेका छन् । छोटो र कम लगानीबाटै अत्यधिक आम्दानी लिन सकिने भएपछि विगत छ वर्षदेखि परम्परागत खेतीलाई छाडेर नगदेबाली चिराइतोमा भोजपुरका कृषक आकर्षित बनेका हुन् । रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply