असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । 

2026-09-16 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पशु प्राविधिकहरुलाई एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान तालिम


असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । 

बंगुर पालक किसानहरुलाई दिइदै आएको सो तालिम यसपटक पोखरा र पोखरा देखि पश्चिम क्षेत्रमा रहेका सरकारी र निजी पशु प्राबिधिकहरुलाई प्रदान गरिएको हो । नेपाल बजार कृषि कार्यक्रम सामर्थ र नेपालकै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि.को संयुक्त आयोजना र पशुसेवा तालिम केन्द्र पोखराको संयोजनमा असोज ८ देखि १४ गते सम्म तालिम सञ्चालन भएको थियो ।

 शुक्रबार आयोजित तालिमको समापन समारोहमा वोल्दै राष्ट्रिय पशु प्रजनन केन्द्रका प्रमुख रुद्र प्रसाद पौडेलले विगतका वर्षहरुमा बाख्रा, गाइ र भैसीमा कृत्रिम गर्भाधान सेवा सरकारबाट सुरु गरिसकेको भएतापनि बंगुरमा अझैसम्म हुन नसक्नु दुखद पक्ष रहेको वताउदै निकट भविष्यमा यसलाई सरकारले सहयोग गर्ने वताए । 

अन्य जनवारमा भन्दा बंगुरमा गरिने कृत्रिम गर्भाधान जटिल भएतापनि स्थानिय स्तरबाट यसको सुरुवात हुनु आफैमा श्रहानिय काम भएको वताउदै यसले उन्नत जातको बंगुर उत्पादनमा ठूलो टेवा पु¥याउने वताए ।

 त्यस्तै किसानका लागी उन्नत बीउविजन कार्यक्रमका संयोजक श्रीराम न्यौपानेले सरकारले दुई बर्ष भित्रमा मुलुकलाई मासुमा आत्मनिर्भर बनाउने निती लाई कृत्रिम गर्भाधानले उन्नत जातको बंगुरहरु उत्पादन गरी टेवा पु¥याउने वताए । 

नेपाल बजार बिकास कार्यक्रमका प्राबिधिक संयोजक डाक्टर दान बहादुर सिंङले एआई कृत्रिम गर्भाधान गराउने कामलाई तीन महिना सम्म निरन्तरता दिन सकेको खण्डमा प्राबिधिकहरुलाई नेपाल सरकारको बिभागले एआइ प्रमाणपत्र प्रदान गर्ने निती तय गरिएकोले कृत्रिम गर्भाधान गराउने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

 पोखरा लाइभस्टक प्रा.लि.का सञ्चालक छ्याम थापाले बंगुरमा अझैपनि कृत्रिम गर्भाधानको कार्यक्रम सरकारी स्तरबाट सुरु हुन नसक्नु दुखद पक्ष रहेको वताए । उनले पोखरा र पश्चिममा आफ्नो फर्मबाट सेवा दिइरहेको भएतपानि टाढा टाढाका किसानहरुलाई यो सेवा दिन चाहेको भएतापनि विभिन्न श्रोत साधनको अभावले यो काम सफल हुन नसकेको वताए ।

 तालिममा सहभागी पशु प्राबिधिक इश्वरी आचार्यले आफुहरुले बंगुरमा पनि कृत्रिम गर्भाधान गराउन सकिन्छ भनेर आफुलाई अहिले सम्म थाहा नभएको र तालिममा सहभागी भइ सैद्धान्तिक र ब्यवहारिक सिकाइले धेरै कुरा जान्ने मौका पाएको वताए । 

आगामी दिनमा तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर साना किसानका लागी उन्नत जातको बंगुर उत्पादनमा सहयोग पु¥याउनका लागी आफुले हरदम प्रयत्न गर्ने उनको भनाइ रहेको थियो । 

एक हप्ता सम्म सञ्चालन भएको तालिममा चितवन, बांके, बर्दिया, कैलाली, नवलपरासी र कास्कीका गरी १२ जना पशु प्राबिधीकहरुको सहभागीता रहेको थियोभने तालिममाा डाक्टर दान बहादुर सिंङ, डाक्टर राजेश कुमार चौधरी, भीम बहादुर गुरुङ, खिम थापा लगायतले सहजीकरण गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु