असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । 

२२ कार्तिक २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पशु प्राविधिकहरुलाई एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान तालिम

१५ आश्विन २०७३, शनिबार ०९:३९


असोज १५, पोखरा । सरकारी तथा निजी स्तरको पशु प्राविधिकहरुको एकहप्ते बंगुरमा कृत्रिम गर्भाधान सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ । 

बंगुर पालक किसानहरुलाई दिइदै आएको सो तालिम यसपटक पोखरा र पोखरा देखि पश्चिम क्षेत्रमा रहेका सरकारी र निजी पशु प्राबिधिकहरुलाई प्रदान गरिएको हो । नेपाल बजार कृषि कार्यक्रम सामर्थ र नेपालकै एकमात्र ठूलो बंगुर फार्म पोखरा लाइभस्टक प्रा.लि.को संयुक्त आयोजना र पशुसेवा तालिम केन्द्र पोखराको संयोजनमा असोज ८ देखि १४ गते सम्म तालिम सञ्चालन भएको थियो ।

 शुक्रबार आयोजित तालिमको समापन समारोहमा वोल्दै राष्ट्रिय पशु प्रजनन केन्द्रका प्रमुख रुद्र प्रसाद पौडेलले विगतका वर्षहरुमा बाख्रा, गाइ र भैसीमा कृत्रिम गर्भाधान सेवा सरकारबाट सुरु गरिसकेको भएतापनि बंगुरमा अझैसम्म हुन नसक्नु दुखद पक्ष रहेको वताउदै निकट भविष्यमा यसलाई सरकारले सहयोग गर्ने वताए । 

अन्य जनवारमा भन्दा बंगुरमा गरिने कृत्रिम गर्भाधान जटिल भएतापनि स्थानिय स्तरबाट यसको सुरुवात हुनु आफैमा श्रहानिय काम भएको वताउदै यसले उन्नत जातको बंगुर उत्पादनमा ठूलो टेवा पु¥याउने वताए ।

 त्यस्तै किसानका लागी उन्नत बीउविजन कार्यक्रमका संयोजक श्रीराम न्यौपानेले सरकारले दुई बर्ष भित्रमा मुलुकलाई मासुमा आत्मनिर्भर बनाउने निती लाई कृत्रिम गर्भाधानले उन्नत जातको बंगुरहरु उत्पादन गरी टेवा पु¥याउने वताए । 

नेपाल बजार बिकास कार्यक्रमका प्राबिधिक संयोजक डाक्टर दान बहादुर सिंङले एआई कृत्रिम गर्भाधान गराउने कामलाई तीन महिना सम्म निरन्तरता दिन सकेको खण्डमा प्राबिधिकहरुलाई नेपाल सरकारको बिभागले एआइ प्रमाणपत्र प्रदान गर्ने निती तय गरिएकोले कृत्रिम गर्भाधान गराउने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

 पोखरा लाइभस्टक प्रा.लि.का सञ्चालक छ्याम थापाले बंगुरमा अझैपनि कृत्रिम गर्भाधानको कार्यक्रम सरकारी स्तरबाट सुरु हुन नसक्नु दुखद पक्ष रहेको वताए । उनले पोखरा र पश्चिममा आफ्नो फर्मबाट सेवा दिइरहेको भएतपानि टाढा टाढाका किसानहरुलाई यो सेवा दिन चाहेको भएतापनि विभिन्न श्रोत साधनको अभावले यो काम सफल हुन नसकेको वताए ।

 तालिममा सहभागी पशु प्राबिधिक इश्वरी आचार्यले आफुहरुले बंगुरमा पनि कृत्रिम गर्भाधान गराउन सकिन्छ भनेर आफुलाई अहिले सम्म थाहा नभएको र तालिममा सहभागी भइ सैद्धान्तिक र ब्यवहारिक सिकाइले धेरै कुरा जान्ने मौका पाएको वताए । 

आगामी दिनमा तालिममा सिकेका कुरालाई ब्यवहारमा उतारेर साना किसानका लागी उन्नत जातको बंगुर उत्पादनमा सहयोग पु¥याउनका लागी आफुले हरदम प्रयत्न गर्ने उनको भनाइ रहेको थियो । 

एक हप्ता सम्म सञ्चालन भएको तालिममा चितवन, बांके, बर्दिया, कैलाली, नवलपरासी र कास्कीका गरी १२ जना पशु प्राबिधीकहरुको सहभागीता रहेको थियोभने तालिममाा डाक्टर दान बहादुर सिंङ, डाक्टर राजेश कुमार चौधरी, भीम बहादुर गुरुङ, खिम थापा लगायतले सहजीकरण गरेका थिए । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली समाजलाई भताभुङ्ग पार्ने प्रयास सफल हुँदैनः अध्यक्ष ओली राष्ट्रपति पौडेल स्वदेश फिर्ता मङ्सिरभित्र कांग्रेसको नियमित महाधिवेशन नभए केन्द्रीय समिति भङ्ग गर्न माग विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई भट्टराईको सुझाव वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले नेप्सेमा ११ अंकको गिरावट मारमा मौरीपालक किसान एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय अनौठो ‘स्काई केभ’ राष्ट्रपति पौडेल कतारबाट स्वदेश प्रस्थान गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति भण्डारीको घरको अवलोकन गाजामा युद्धविराम कायम राख्न आत्यावश्यक : डब्लुएचओ बिहारमा मतदान, प्रधानमन्त्री मोदीका लागि ‘लोकप्रियताको परीक्षा’ पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि डा भट्टराईद्वारा विभिन्न राजनीतिक दलका नेतासंग छलफल