कात्तिक ७, धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । 

भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । 

भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो "/>

2026-11-02 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केराले बजार नपाउँदा कृषक समस्यामा

कात्तिक ७, धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । 

भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो परिमाणमा भित्रिन थालेपछि स्थानीय केराखेती कृषक आफ्नो उत्पादनले उचित मूल्य पाउन नसकेर समस्या परेका हुन् । 

‘भारतीय सरकारले त्यहाँका कृषकलाई सिँचाइ, मल, बीउ लगायतमा अनुदान दिने गरेकोले उत्पादन लागत पनि यहाँको केराको तुलनामा कम हुन्छ, स्थानीय केराखेती कृषक लछीराम आचार्य भन्नुहुन्छ —“नेपालमा यस्तो सुविधा नहुँदा उत्पादन लागत बढ्ने हुँदा स्थानीय केराले उचित मूल्य पाउन नसकेको हो ।” 

भारतबाट भित्रिने काँचो केरा प्रति दर्जन २५ रुपैयाँमा स्थानीय बजारमा बिक्री वितरण भइरहेकोमा कैलालीलगायत आसपासका कृषकले उत्पादन गर्ने केराको उत्पादन लागत नै २८ रुपियाँ पर्ने गरेको कृषकले बताएका छन् । 

भारतबाट भित्रिने केराले कैलालीसहित सुदूरपश्चिमको पहाडी क्षेत्रमा समेत बजार ओगटेपछि यहाँ उत्पादित केरा खेतमै सुक्न थालेको गुनासो कृषकको छ । 

स्थानीय कृषकले भारतीय केराको आयातमा रोक लगाउनुपर्ने, कम गुणस्तरका केराको क्वारेन्टाइन जाँचमा कडाइ गरिनुपर्ने माग राख्दै केही दिनअघि कञ्चनपुरको गड्डाचौकी नाकामा विरोध स्वरुप काँचो केरा सडकमा फ्याँकेका थिए । 

यसैगरी कैलालीका कृषकले प्रमुख जिल्ला अधिकारीलाई केही दिन अघि ज्ञापनपत्र बुझाउँदै केराको समस्या समाधान गर्न माग गरेका थिए । केरा विकास सञ्जालका सल्लाहकार कृषक लछीराम आचायको आरोप छ – ‘भारतीय व्यापारीसँगको मिलेमतोमा भन्सारमा बसेका क्वारेन्टाइन चेकपोस्टका कर्मचारीले कम गुणस्तरका केरा भित्र्याउनमा सहयोग गरिरहेका छन् ।’ 

बीस बिगाहा जमिनमा केराखेती गरिरहेका कृषक आचार्य आफ्नो खेतमा उत्पादित केरामध्ये २५ प्रतिशत केराले बजार पाउन नसकेको गुनासो गर्नुहुन्छ । तर भारतबाट आउने केराको क्वारेन्टाइन जाँचका बेला कर्मचारीको मिलेमतोमा कम गुणस्तरका केरा आयात गर्ने काम भएको भन्नेबारे थाहा नभएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवाराज पाण्डेको भनाइ छ । 

कैलालीको अत्तरिया, टिकापुर, चौमाला, राजीपुर, लालपुर, जोशीपुर फुलबारी, भजनीलगायतका क्षेत्रमा गरी करिब एक हजार भन्दा बढी हेक्टर जमिनमा केराखेती हुनेगरेको छ । 

जिल्लामा उत्पादित केरा सुदूरपश्चिमको पहाडी जिल्लासहित बाँके, सुर्खेत, दाङ र काठमाडौँसम्म बिक्री हुनेगरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द