कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ । 
2026-10-14 09:08 PM
कृषि गतिबिधी

धादिङका कृषक, बिद्यार्थी र पत्रकार पुरस्कृत

कात्तिक ९, धादिङ । छत्तिसौँ विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालयद्वारा २५ कृषक, चार विद्यार्थी र एक पत्रकारलाई सोमबार पुरस्कृत गरिएको छ । 

जिल्लामा कृषि क्षेत्रसँग आबद्ध सरकारी कार्यालय गैरसरकारी सङ्घसंस्थाहरुको समन्वयमा कार्यालयले स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रजिअ विश्वप्रकाश सुवेदीले नगद पुरस्कारसहित प्रशंसापत्र, सम्मानपत्र र कदरपत्र प्रदान गर्नुभयो । 

रु १० हजार राशिको पुरस्कार र सम्मानपत्रद्वारा नलाङ–१ का कृषक केशव अर्याल, कुम्पुर–३ का दीपक श्रेष्ठ र बेनीघाट–१ का अर्जुन त्रिपाठीलाई उष्कृष्ट राष्ट्रिय कृषक सम्मानबाट पुरस्कृत गरियो । 

त्यस्तै कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पुर्याए बापत ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडीलाई रु तीन हजार पुरस्कारसहित कदरपत्रद्वारा र विश्व खाद्य दिवसको नारा ‘भइरहेछ जलवायु परिवर्तन गर्नु छ खाद्य र कृषिमा अनुकूलन’ मा आधारित अन्तरमावि निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र सान्त्वना पाउने चार छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो । 

निबन्ध प्रतियोगितामा बागेश्वरी मावि बेनीघाटका नवीनकुमार त्रिपाठी प्रथम भएका थिए । कार्यक्रममा धान, मकै र गहुँ बाली उत्पादक उत्कृष्ट कृषक १२ जनालाई र कृषि क्षेत्रका अगुवा कृषकमध्येबाट तरकारी, माछापालन, गाई, बङ्गुर, बाख्रापालन, सुन्तलाखेती घाँसको बीउ उत्पादक १० कृषकलाई पनि सम्मानपत्रका साथ पुरस्कृत गरिएको थियो । रासस 

माथीको तश्विरमा: कृषि क्षेत्रको विकासका लागि पत्रकारिताका क्षेत्रबाट योगदान पुर्याए बापत पुरस्कृत बनेका ‘अन्नपूर्ण पोस्ट’का समाचारदाता मनीष दवाडी सम्मान तथा पुरष्कार ग्रहण गर्दै । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने