2026-07-07 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेका अलैँची किसान निराश

कार्तिक २६, बनेपा । अलैँचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन् । 

खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैँची किसान मारमा परेका हुन् । रु दुई हजार ८०० मा बिक्री हुने अलँैची अहिले रु एक हजार २०० मा बिक्री भएको ¥याले गाविसका किसान उपेन्द्र तिमल्सिना बताउनुहुन्छ । 

अहिले अलैँचीमा लाही, कीराको सङ्क्रमण देखिएको छ । फल लागेर पनि लामो समयसम्म नपाकेको किसानले बताएका छन् । दुई रोपनी जग्गामा अलँैचीको बिरुवा र बीउ उत्पादन गर्दै आउनुभएका तिमल्सिना बिरुवा बिक्री तथा वितरण गरेर वार्षिक रु एक लाख २० हजार आम्दानी गरेको बताउनुहुन्छ । 

“बजारको पहुँच  छैन, मूल्यमा उतार चढाव आउने गरेको छ,” उहाँले भन्नुभयो । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले अलैँचीको प्रर्वद्धनका लागि किसानलाई बीउ र बिरुवा वितरण तथा तालिम प्रदान गरेको बताउनुभयो । जिल्लामा करिब ८० टन अलैँची उत्पादन हुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने