Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाली कृषिमा यान्त्रीकरण, कालिकोटमा समस्या

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी, कार्तिक २८,  कालिकोट । कृषि व्यवशायमा लागत मूल्य कम गर्न तथा काममा छिटो र छरितोपना ल्याउने उद्देश्यले नेपाल सरकार द्धारा जिल्ला कृषि विकास कार्यालय मार्फत गाउगाउमा वितरण गरिएका टिलर मेसिन अथवा खेत जोत्ने ट्याक्टर संचालनमा समस्या आएको भन्दै किसानहरुले दुखेसो पोखेका छन् । खेत जोत्न प्रभावकारी यान्त्रिक मेसिनको रुपमा लिइएको टिलर मेसिन आफुहरुलाई अनुदानमा उपलब्ध भएपनि जिल्लामा प्रयाप्त पेटोल नपाईएका कारण संचालनमा समस्या आएको भन्दै दुखेसो पोखेका हुन् ।

परम्परागत प्रणाली अन्तर्गत गोरुले जोत्दा समय र लागत पनि बढी हुने, अर्काे तर्फ गोरुपालन गर्ने किसानको सख्यामा पनि कम हुँदै गएका कारण यो प्रविधि अत्यन्त उपयोगी भए भएपनि जिल्लामा अहिले टिलर मेसिन संचालनका लागि आवश्यक पेटोल नहुदा समस्यामा परेको प्रटोल किन्न १ दिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नु भएका फुकोटका बसुदेव धमाला बताउनु हुन्छ । हिउदेबाली लगाउनका लागि सिचाई हुने खेतबारीहरुमा सिचाई गरेको १ हप्ता हुन लागि सक्यो तेलका लागि जिल्लामा आयौं तर पेटोल पम्पमा तेल नपाउदा ४ दिन देखि जिल्लामै बस्नु परेको दुखेसो पोख्नुहुन्छ फुकोट कै अर्का किसान राजेश धमाला ।

जिल्ला कै एक मात्र पेटोल पम्प रहेको मस्टामान्डु पेटोल पम्पले ५ देखि पेटोल सकिएको भन्दै आएको र भोली आउछ भन्दा भन्दै चारदिन वितिसकेको गुनासो पाख्छन् । फुकोटका अर्का किसान कणदेव रिजाल । उनी भन्छन् समुह मार्फत कम्तिमा २ सय लिटर पेटोल खरिद गर्ने भनि ३ जना पेटोल लिन आएका छौ तर पेटोल कै ले पुग्नेहो थाहा छैन ।

मस्टामाण्डु पेटोल पम्पका संचालक दिलु बमले पेटोल ल्याएर आएको गाडी ३ दिन देखि सुर्खेतको बड्डीचौर नजिकै विग्रिएकाले समयमै पेटाल उपलब्ध गराउन नसकेको बताउनु भएको छ । हालसम्म नेपाल सरकारले जिल्ला कृषि विकास कार्यालय मार्फत कालिकोट जिल्लाभर ३० बढी टिलर मेसिन ७५ प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास कार्यालयका प्रमुख सुनिल कुमार सिंह ले बताउनु भएको छ । बजारमा ६० देखी ८० हजारमा पर्ने टिलर मेसिन यो बर्ष पनि अनुदानमा ८ भन्दा बढी टिलर मेसिन वितरण गर्ने कार्यक्रम रहेको सिंहले बताउनु भयो ।