Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुन्तला उत्पादनमा कमी आएपछि किसान निराश

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कत्तिक २९, म्याग्दी । सुन्तला उत्पादनमा भारी मात्रामा कमी आएपछि म्याग्दीका किसान निराश भएका छन् । फल लाग्ने बेलामा पर्याप्त पानी नपरेका कारण सुन्तला उत्पादनमा कमी आएको कृषकको भनाइ छ ।

बोटमा फल नै कम लागेको र अहिले बोटमा फलेका सुन्तलाका दानासमेत झर्न थालेपछि समस्यामा परेको बेनी नगरपालिका–१३ बास्कुनाका सुन्तला खेती गर्दै आएका कृषक भीम थापाले बताउनुभयो ।

बाइस घरधुरीको बसोबास रहेको बास्कुनामा गत वर्ष सुन्तला निकासीबाट रु २२ लाख भित्रिए पनि यो वर्ष एक तिहाइ कम सुन्तला उत्पादन भएको कृषक थापाको भनाइ छ । बास्कुना सुन्तला उत्पादक कृषक समूहका अध्यक्षसमेत रहेका थापाले अघिल्ला वर्षहरुको तुलनामा सुन्तला उत्पादन घटेपछि कृषक निराश बनेको थापाले बताउनुभयो ।

‘‘गत वर्ष आठ ट्रक सुन्तला निर्यात गरेका थियौँ, यो वर्ष मुस्किलले तीन ट्रक उत्पादन भएको अनुमान छ’’ – थापाले भन्नुभयो ।

बास्कुनासँगै भकिम्लीको मरेक र राखुमा समेत सुन्तला उत्पादनमा कमी आएको छ । भकिम्लीको राखुमा सडक सञ्जाल पुगेपछि सुन्तलाको मूल्य राम्रो पाए पनि उत्पादनमा भने कमी आएको सुन्तला खेती गर्दै आएका स्थानीय कृषक बेगबहादुर घर्तीले बताउनुभयो ।

राखुमा पोखराका व्यवसायीले सुन्तला खरिदका लागि कृषकलाई पेस्की दिएर बोटबाटै खरिद गर्ने सुरु गरेका छन् । कुल ५५६ हेक्टर जमिनमा सुन्तलाखेती भएको म्याग्दीको बेनी नगरपालिका, भकिम्ली, पिप्ले, बिम, बरंजा, ताकम, देवीस्थान, ओखरबोट, दाना, हिस्तान, भुरुङ तातोपानी, पात्लेखेत र घार गाविसमा करिब २०० व्यावसायिक सुन्तला बगैँचा रहेका छन् । रासस