Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बाग्लुङमा कृषि तथा पशुपालन तालिम

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कृष्णि कँडेल/मङ्सिर ८, बागलुङ । गाविस भित्रका किसानलाई व्यवासायिक बनाउनका लागि कृषि विकास समिति बुर्तिबाङले एक दिने कृषि तथा पशुपालन सम्वन्धि सहजिकरण तालिम गरेको छ ।

नेपाल सरकारबाट कृषि पेशलाई प्रबद्र्धनका लागि कृषि  र पशुपालनको क्षेत्रमा छुट्टिने बजेट र कार्यक्रमको बारेमा किसानहरुलाई सहजिकारण गरिएको समितिका सचिव दिलबहादुर कुमालले जानकारी दिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कुन ठाउँको माटोमा कस्तो उत्पादन राम्रो हुन्छ ? भन्ने पहिचान गरि खेती गर्न सके उत्पादन बढाएर आम्दानी समेत वृद्धि गर्न सकिने बताएका थिए । उनिहरुले कृषि प्रधान मुलुकमा अधिकांशि कृषि उत्पादन बाहिरबाट आउनु दुखत भएको बताए ।

बुर्तिबाङ गाविस कार्यालयका सहायक चुडामणी भुषालले बुर्तिबाङमा मात्रै एक बर्षमा झण्डै १ करोडको तरकारी बुटवल बाटा आउने गरेको बताए । बक्ताहरुले निर्वाहमुखि कृषि पेशालाई व्यवसायिक बनाउन आधुनिक प्रविधि, कृषि उपकारण र गुणस्तरिय विउविजनको प्रयोगमा जोड दिएका थिए । उनिहरुले कृषि प्रबद्र्धनका लागि राज्यले नै योजना बनाएर कायान्वयन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला कृषि विकाश कार्यालय मार्फत सञ्चालन हुने किसान लक्षित कार्यक्रमको बारेमा कृषि सेवा केन्द्र बुर्तिबाङका निमित्त प्रमुख कृषि प्राविधिक सरिता घिमिरेले सहजिकण गरिन् । उनले किसानलाई आफ्नो समह मार्फत योजना मागको निवेदन दिन आग्रह गरिन् ।

घिमिरेले किसानलाई ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, च्याउको विउ, क्यारेट, प्लाष्टिक टनेल तथा प्लाष्टिक पोखरी, हिउँदे फलफुलका विरुवा, माहुरी घार तथा उपकारण, आलुको विउ वितरण कार्यक्रम रहेको जानकारी दिईन् ।

नेपाल सरकारले पशु पालनको क्षेत्रमा सञ्चालन गर्ने कार्यक्रम र बजेटको बारेमा पशुस्वाथ्य प्राविधिक पुर्णप्रसाद भुषालले किसानहरुलाई सहजिकण गरेका थिए । भुषालले व्यवसायिक रुपमा बाख्रा, भैसी तथा गाई पालन गर्ने किसानलाई सरकार मार्फत अनुदान प्राप्त हुने बताए । उनले भैँसी, गाई र बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रम पनि सञ्चालन भएको बताए । तालिमम बुर्तिबाङ गाविस भित्रका अगुवा कृसानहरुको सहभागीता रहको थियो ।

कार्यक्रममा नेपाली काँग्रेशका बानबहादुर छन्त्याल, कृषि विकास समिति बुर्तिबाङका अनगमन समिति संयोजक गुन्जबहादुर भण्डारी, नेकपा क्रान्तिकारी माओवादीका वीरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमोर्चाका दुर्गादेवि घर्ति, वडा नागरिक मञ्चका संयोजक तमबहादुर घर्ती, पत्रकारहरु राम सुवेदी, छविलाल पाण्डे र कृष्ण कँडेलले आफ्नो धारणा राखे ।

कार्यक्रम कृषि विकास समिति बुर्तिबाङका उपाध्यक्ष टेकलाला पाण्डेको अध्यक्षता, कोषाध्यक्ष विष्णु विश्वकर्माको स्वागत मन्तव्य र सचिव दिलबहादुर कुमालको सञ्चालनमा सम्पन्न भएको थियो ।