2026-11-02 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भक्तपुरमा करोडौँको बेमौसमी आलु उत्पादन

मङ्सिर १२, भक्तपुर । कोदो रोप्ने बारीमा बेमौसमी आलु फलाउँदै आएका भक्तपुर नगरकोट नगरपालिका सुडालका किसानले आलुको उचित मूल्य नपाएपछि मर्कामा परेका छन् । मकै र कोदो फल्ने बारीमा करोडाँैको आलु फलाए पनि उचित मूल्य नपाएपछि यस वर्ष सोचेजस्तो आम्दानी नभएको किसानको गुनासो छ । 

जिल्ला विकास समिति स्थानीय विकास कोषको सहयोगमा बेमौसमी आलुखेतीमा आकर्षित भएका यहाँका पाँच सयभन्दा बढी बासिन्दाले हरेक वर्ष आलुखेती गर्दै आएका हुन् । उक्त कोषले नगरकोट नगरपालिका–८ सुडालस्थित नेपाल गाउँमा गरेको बेमौसमी आलुखेतीको अनुगमनका क्रममा यहाँका किसानले आलुले पर्याप्त बजार नपाएर मूल्य घट्दा मर्कामा परेको बताएका हुन् । 

आलु खन्दै गरेकी गोपिनी नेपालले पाँच रोपनी जग्गामा आलुखेती गर्दा गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेकामा यस वर्ष एक लाख रुपैयाँ पनि नआउने भएको बताउनुभयो । यस वर्ष आलु राम्रै उत्पादन भए पनि मूल्य नपाउँदा विगतको वर्षमा जस्तो फाइदा नहुने भएको उहाँको भनाइ थियो । 

नेपालले भन्नुभयो, “यस वर्ष ९० रुपैयाँ धार्नीमा आलुको बीउ किनियो, अहिले आलु धार्नीको ५५ रुपैयाँमा बिक्री गर्नु परेको छ, विगतका वर्षमा आधा मूल्य पनि नआएपछि नोक्सान व्यहोर्नु परेको छ ।” गत वर्ष धार्नीको ९० देखि एक सय पाँच रुपैयाँ सम्ममा खेतबाटै बिक्री गरेको आलु यस वर्ष भने ५० देखि ६० रुपैयाँसम्म बिक्री भइरहेको छ । 

विगत १८ वर्षदेखि आलुखेती गर्दै आएकी नेपाल गाउँकै रमा नेपालको गुनासो पनि उस्तै छ । तीन रोपनी बारीमा बेमौसमी आलुखेती गर्दा वर्षदिनभरि परिवार पाल्न, छोराछोरीको पढाइ खर्च धान्न पुग्ने भए पनि यस वर्ष भने आलुको उचित मूल्य नपाउँदा ऋण गर्नु पर्ने अवस्था आउने चिन्ता बढेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गत वर्ष यति नै क्षेत्रफलमा लगाएको आलुले एक लाख ६० हजार आम्दानी भएको थियो, यस वर्ष ८० हजार पनि नआउने भो, आलु राम्रो फले पनि मूल्य आएन ।” बजारमा आलुको भाउ महँगो भए पनि किसानले भने आलुको उचित मूल्य पाउन सकेका छ्रैनन् । बजारमा आलु एक धार्नीको एक सय ३० रुपैयाँ पर्छ तर किसानले ५० रुपैयाँमा बिक्री गर्नुपर्छ । नेपाल गाउँकै रेनुका नेपालले विचौलियाले आलुको मूल्य बिगारेको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “विचौलियाले यस वर्ष आलुको मूल्य बिगारे, बजारमा आलु महँगो भए पनि किसानलाई धेरै मूल्य नदिँदा हामी किसान मर्कामा परेका छौँ ।” आफूहरुले बजारमै लगेर आलु बिक्री गर्न खोजे पनि व्यापारीले उचित मूल्य नदिने तर बिचौलियाले व्यापारीलाई समेत प्रभावमा पार्दा बजारमा समेत आलुको उचित मूल्य नपाएको उहाँको भनाइ थियो । 

उत्पादन भएको आलु घरमै भण्डार गरेर राख्न नहुने र आलु बिग्रिने भएकाले अधिकांश किसानले खेतबाटै आलु बिक्री गर्ने गरेका छन् । जिविस स्थानीय विकास कोषका संयोजक राजन शर्माले घरमा खान मात्रै उत्पादन गर्दै आएका यहाँका किसानलाई कोषले विभिन्न समूह बनाएर आलु उत्पादन गर्न तालिम, बीउ, विभिन्न प्राविधिक सामान हस्तान्तरण गरेपछि किसान यसतर्फ आकर्षित भएको बताउनुभयो । 

मकै र कोदो मात्रै फल्ने बारीमा कोषको तालिम र विभिन्न सहयोगले किसानले साउनमै मकै भित्रै आलु लगाउने गरेको उहाँले बताउनुभयो । मकै भाँचेर भित्र्याएपछि आलुमा उकेरा दिने र कात्तिकदेखि मङ्सिरसम्ममा आलु खन्ने गर्दछन् । आलुखेती गर्न थालेपछि यहाँका किसानलाई घर खर्च गर्न र समूहमा पैसा बचत गर्न एवम् ऋण लिनसमेत सहज भएपछि पैसाको खाँचो पर्न छाडेको स्थानीय सामाजिक परिचारिका गङ्गा सुवेदीले जानकारी दिनुभयो । 

सुडालमा मात्रै अहिले पाँच सय परिवारले आलुखेती गर्ने गरेको र आलुबाटै उनीहरुको जीवनस्तर उकासिँदै गएको तर यस वर्ष उचित मूल्य नपाउँदा निराश भए पनि आलुखेतीलाई भने निरन्तरता दिने उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द