यान्त्रीकीकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यान्त्रीकीकर"/>

2026-09-16 11:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीका कृषकलाई ३७ वटा मिनी टिलर वितरण

मंसिर १३, म्याग्दी । कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई ३७ वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ । 

यान्त्रीकीकरणमार्फत कृषि पेशालाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि प्रसार कार्यक्रममार्फत मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ । रु ७५ हजार मूल्य पर्ने मिनी टिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कार्यालयले जनाएको छ । 

कृषकलाई प्रतिमिनी टिलर खरिदमा रु ३७ हजार पाँचसय अनुदान दिइएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले जानकारी दिनुभयो । 

अनुदानको मिनी टिलर माग गर्दै एकसय कृषकले निवेदन दिएकामा यसअघि सो उपकरण खरिदका लागि अनुदान नपाएकालाई पहिलो प्राथमिकता दिइएको उहाँले बताउनुभयो । 

गोरु पाल्न नपर्ने, छिटो काम हुने र कम लागत पर्ने भएकाले पछिल्लो समय म्याग्दीका कृषकले खनजोतका लागि मिनी टिलरको प्रयोग गर्न थालेका हुन् । गोरुले तीन दिनमा जोत्ने खेतबारी मिनी टिलरले एकै दिनमा सकिने बेनपा–५ थाकनपोखरीका कमल पौडेलले बताउनुभयो । 

मिनी टिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा कृषकलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा मिनी टिलरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो