Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सामूहिक च्याउखेतीबाट मासिक ६० हजार आम्दानी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ११, दाङ । यहाँका महिलाले च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

स्थानीय घोराही–२ मघै गाउँका कोपिला कृषि महिला समूहले च्याउखेतीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । पछिल्लो समयमा च्याउखेतीबाट बजारमा राम्रो स्थान पाइरहेका बेला सो गाउँका महिला पनि च्याउखेतीमा आकर्षित भएका हुन् ।

बजार नजिकै भएकाले र अरु व्यवसायभन्दा पनि सजिलो भएको हुँदा ती महिलाले पनि सामूहिकमा च्याउखेतीको गरेका हुन् । उनीहरुले हिजोआज दैनिक १० किलोदेखि १२ किलोसम्म च्याउ बिक्री गर्दै आएका छन् । च्याउ प्रतिकिलो रु २०० को दरले बेच्दै आएकी समूहकी सदस्य सीता चौधरीले यसबाट घरबार धान्न सजिलो भएको बताउनुहुन्छ ।

चौधरीले भन्नुभयो– “करिब पाँच हजार लगानी गरेर सुरु गरेको च्याउखेतीको पहिलो चरणबाटै लगानी उठिसकेको छ । बाइसजना आबद्ध रहेको यस समूहले पालैपालो च्याउ बेच्न जाने गरेका छन् । ”

दुईवटा घरमा करिब १३९ वटा पोकामा च्याउ खेती गर्दै आइरहेको सो समूहले च्याउ खेतीबाट आएको आम्दानी समूहको खातामा जम्मा गरेको र यसबाट आएको बाँकी रकम घर खर्चका लागि उपयोग गर्दै आएका छन् । रासस