दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास का"/>

2026-09-16 12:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्याज उत्पादनको पकेट क्षेत्र बन्दै लालु


दलसिंह गिरी/पुस ११, कालिकोट । प्याज उत्पादनको पकेट क्षेत्र घोषणा गरिएको लालु गाविस वडा नं. ४ खुलालु क्षेत्रको संयुक्त अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय कालिकोटको आयोजना जिल्लाका सम्पूर्ण सरोकारवाला निकायको उपस्थितिमा पकेट क्षेत्रको अवलोकन गरिएको हो ।

मुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यता जिल्ला प्रहरी कार्यालय प्रमखु योगन्द्र खड्का, कृषि विकास कार्यालय प्रमुख सुनिल सिंह लगायत सरकारी कार्यालयका प्रमुख प्रतिनिधि राजनैतिकदल पत्रकारहरुको उपस्थितिमा खुलालु क्षेत्रको अनुगमन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय द्धारा संचालित कृषि गतिविधि सम्बन्धि खुलालुमा संचालित कार्यक्रमहरुको प्रभावकारीता बारे अनुगमन गरिएको हो ।

खुलालुका करिव ७३ घर परिवारहरुलाई लक्षित गरी पकेट क्षेत्रका रुपमा संचालित कृषि कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेती, विउ उत्पादन कृषि तथा खाध्य सुरक्षाका लागि कुखुरा पालन जस्ता ब्यवशायक खेती प्रणाली संचालन भैरहेकाले यसको यसको प्रभावकारीताबारे अनुगमन गरिएको कृषि विकास अधिकृत सुनिल सिंहले बताउनु भएको छ । ब्यवशायकरुपमा कृषि खेती संचालनमा आइपरेका समस्याहरुबारे कृषकहरुले राखेका धारणाबारे प्रकाश पार्दै कृषि अधिकृत सिंहले यसका लागि फिल्ड स्तरमा आएका बेला समस्या दर्साउनु भन्दा प्रक्रियागत सहित कार्यालय स्तरमै आएर गुनासो राख्न आग्रह गर्नु भएको छ ।

यस्तै जिल्लामात्र नभै देशका सबै क्षेत्रमा कृषि उत्पादनलाई बृद्धि गरी बैदेशिक रोजगारमा होमीएका युवाहरुलाई स्वदेशमै रोजगार दिने उद्देश्यले नेपाल सरकारले नै कृषि क्षेत्रमा लगानी बढाएकाले सम्पूर्ण युवाहरुले कृषि क्षेत्रमा लाग्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काले आग्रह गर्नु भएको छ । 

राजनैतिक दलको तर्फबाट बोल्दै नेकपा एमाले जिल्ला कार्यसमिति सचिव चित्रसिंह गाउलेले परम्परा गत कृषि प्रणाली अगाल्नु भन्दा आधुनिक तथा ब्यवशायिक कृषि प्रणाली अगालेर अगाडी बढ्न सकेमात्र समुदायको आर्थिक विकास हुने बताउनु भएको छ ।

अगुवा कृषकहरुको तर्फबाट बोल्दै स्थानीय कृषक जसि बिष्टले कृषक दाजुभाईलाई कुनैपनि सरकारी तथा गैर सरकारी निकायले सहयोग गर्नुपरेमा माछा मारेर खान दिने हैन कि माछा मार्ने तरिका सिकाउने हो भने समाजको आर्थिक विकास चाडो फस्टाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल