पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । 

ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । 

ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत"/>

2026-06-25 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

2016-12-31

पुस १६, कञ्चनपुर । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । 

ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो । 

रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रुपमा हुँदै आएको उखुको उत्पादन भन्दा ४० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने भएकाले किसान यस प्रविधिलाई आत्मसात गर्न थालेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले बताउनुभयो । 

परम्परागत प्रविधिको प्रयोग गरी उखु रोप्दा ३० प्रतिशत बोट मात्रै उम्रिने गर्दथे, उहाँले भन्नुभयो, “आधुनिक ट्रेन्च प्रविधिबाट रोपिएको उखु ९० प्रतिशतसम्म उम्रिने गर्दछ ।” 

यस प्रविधिबाट रोपिएको उखुमा रोग कीराको समस्या कम हुनुका साथै चिनीको मात्रा बढी हुने भएकाले चिनी मिलमा यो उखु सहजै बढी मूल्यमा बिक्री हुने गरेको उहाँले भन्नुभयो । 

ट्रेन्च प्रविधिबाट लगाइएको उखुमा ६० प्रतिशत पानीको बचत हुने, उखुमा माटो चढाउन सहज हुने, बाध्न सजिलो हुने र कम ढल्ने हुनाले यो प्रविधि किसानका उपयुक्त रहेको महाकाली सुगर इन्डष्ट्रिजका क्यान म्यानेजर राजेश्वरप्रसाद शाहले बताउनुभयो । 

‘पङ्तिबद्ध रुपमा उखु लगाइने भएकाले बीचको भाग खाली छोडिने जग्गामा अन्तरबालीका रुपमा आलु, लसुन, धनियाँ, तोरी, गहुँ, मटर, राजमा लगाएर किसानले यसवाट अतिरिक्त आम्दानीसमेत लिने सकिन्छ’ उहाँले भन्नुभयो । 

विशेषगरी किसानले कात्र्तिके उखुका चाँडै हुर्कने ०२३८, को ०२३९, कोलख ९४१८४, कोसा ०३२३४ लगायतका जात यो प्रविधिवाट लगाउँदै आएका छन् । यसरी रोपिएको उखुको उत्पादन प्रतिहेक्टर सरदर ८० मेट्रिक टन हुने गरेको बताइएको छ । 

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको प्राविधिक सहयोग तथा मर्सिकोरको आर्थिक सहयोगमा सञ्चालित एमरेड परियोजना अन्तर्गत शङ्करपुर, देखतभूली, झलारी पिपलाडी, कृष्णपुरलगायत क्षेत्रका किसानले १७३ दशमलब ७५ बिगहा क्षेत्रफलमा ट्रेन्च प्रविधिको प्रयोग गरी उखुखेती गर्दै आएका छन् । जसबाट वर्षेनि १८ हजार ३७४ क्वीन्टल उखु उत्पादन हुने गरेकोे परियोजनाका संयोजक महेश घिमिरेले बताउनुभयो । 

उहाँका अनुसार किसानले उत्पादन गरेको उखु बिक्री गरी यसवर्ष रु ७० लाख ७३ हजार ९९० आम्दानी गरेका छन् । परियोजना अन्तर्गत किसानलाई प्रविधिबारे जानकारी दिनुका साथै बीउ, मलखाद र किटनाशक औषधि उपलव्ध गराइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक