पुस १६, सोलुखुम्बु । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि यहाँका कृषक मारमा परेका छन् । 

दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १६, सोलुखुम्बु । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि यहाँका कृषक मारमा परेका छन् । 

दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत"/>

2026-09-08 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढुवानी अनुदान कटौती भएपछि कृषक मारमा

पुस १६, सोलुखुम्बु । रसायनिक मलको ढुवानीमा दिँदै आएको अनुदान कटौती भएपछि यहाँका कृषक मारमा परेका छन् । 

दुर्गम क्षेत्रमा कृषिको उत्पादन र उत्पादकत्व बढाउनका लागि सरकारले विगत लामो समयदेखि रसायनिक मलको ढुवानीमा अनुदान दिदैं आएको थियो । ढुवानी अनुदान कटौती भएपछि अहिले सबिक मूल्यमा मल नपाइने भएकोले दुर्गमका विपन्न कृषकलाई समस्या भएको हो । 

मलमा दिँदै आएको रु. १६ प्रति किलो ढुवानी अनुदान कटौती गरेको छ तर मल खरिद गर्न दिएको अनुदान प्रति किलो रु. १० कायमै रहेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । किसानले अहिले प्रतिकिलो युरिया १५ रुपैयाँ ७६ पैसा, डिएपी ४५ रुपैयाँ ७६ तथा पोटास र प्राङ्गरिक मल ३० रुपियाँमा पाउने गरेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका प्राविधिक कुलबहादुर राईले जानकारी दिनुभयो । 

नियमित रुपमा युरिया, पोटास, डिएपी र प्राङ्गरिक मलको प्रयोग गर्दै आएका यहाँका कृषक ह्वात्तै मूल्य बढेर आउने मलको प्रयोग गर्न आर्थिक रुपमा कठिनाई हुने बताउँछन् । धेरै मलको प्रयोग गर्ने तिङ्ला– ६ तागादिङ्का रामबहादुर बस्नेतले भन्नुभयो, “मल नहाल्दा उत्पादन थोरै भएर लगानी नै उठ्दैन, मलको प्रयोग गरौँ भन्दा अघिल्लो वर्षको तुलनामा १६ रुपियाँ प्रतिकेजी मूल्य बढी तिर्नुपर्ने भयो । सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको हल्ला सुनेको भन्दै कृषकलाई अनुदान नदिए मलको प्रयोग गर्न कठिन हुने र कृषिप्रति आकर्षण घट्ने उहाँले बताउनुभयो ।” 

मलमा कटौती भएको ढुवानी अनुदान पुनः उपलब्ध गराउनुपर्ने यहाँका कृषकले माग गरेका छन् । गार्माका कृषक सूर्यबहादुर श्रेष्ठले कृषिलाई बेवास्ता गर्ने अहिलेको पुस्ता पछिल्लो समय थोरै भए पनि व्यावसायिक कृषिमा लाग्न सुरु गरेका बेला सरकारले दुर्गमका कृषकलाई झनै हतोत्साहित बनाएको बताउनुभयो । 

ढुवानी अनुदान एकै पटक सबै कटौती हुँदा कृषकले मलको माग नै गर्न छाडेको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारीले बताउनुभयो । 

मलको अनुदान प्रतिकेजी १० रुपियाँका दरले नेपाल सरकारबाट चार लाख रुपियाँ प्राप्त भएको बताउँदै उहाँले कृषकलाई सहुलियतमा मल उपलब्ध गराउनका लागि जिल्ला विकास समितिसँग समन्वय गरी सम्भव भएसम्म कम मूल्यमा नै मल उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिनुभयो । 

यसअघि अनुदानमा ठेकेदार मार्फत ढुवानी हुने गरेकोमा यस पटक सिधँै ल्याउँदा कम मूल्यमा आउनसक्ने अधिकृत भण्डारीको भनाइ छ । यस वर्ष सोलुखुम्बुका लागि ४० टन मल ढुवानी गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल