पढ्न करिब 2 मिनेट लाग्छ

पुस १०, जरकोट । यस वर्ष जिल्लामा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ ।

गत वर्षभन्दा पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा श्रीराम घिमिरे जानकारी दिनुभयो । ढिमे, डाँडागाउँ, लहँ, खलङ्गा, खगेनकोट, पैक, झाप्रा, कार्कीगाउँ, पुन्मा, भुरलगायत गाविसमा सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

सुन्तलाखेतीको लागि अनुकूल मौसम भएका कारण उत्पादनमा वृद्धि भएको हो । जिल्लाको ३६० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती विस्तार गरिएको छ । एक सय ८० हेक्टरमा रु नौ करोड १२ लाखको एक हजार ८२४ मेट्रिक टन सुन्तला उत्पादन भएको घिमिरेले बताउनुभयो ।

सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका छन् । सुन्तलाखेती गर्ने किसानको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । कृषकले वार्षिकरुपमा रु एक लाखदेखि रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् । सुन्तलाखेतीको पकेट क्षेत्र दम्दाला गाउँमा मात्र एक करोडको सुन्तला उत्पादन भएको छ ।

परम्परागत मकै, गहुँ, जौ, कोदो, फापर लगाउने खेतबारीमा कृषकले सुन्तलाखेती गर्न थालेका छन् । कृषकले बोटबाटै सुन्तला प्रतिकिलो रु ५० मा बिक्री गर्दैआएका छन् । उक्त सुन्तला बजारमा रु ८० देखि ९० मा बिक्री हुने गरेको छ । यहाँ उत्पादन भएको सुन्तला जुम्ला, डोल्पा, रुकुम, सुर्खेत तथा स्थानीय बजारमा खपत हुँदै आएको बताइएको छ । रासस