माघ ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ । 

अलैंचीको न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ । 

अलैंचीको न"/>

2026-09-16 01:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्धुपाल्चोकको थाङ्पालकोट अलैँचीको पकेट क्षेत्र घोषणा हुँदै

माघ ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा पर्ने थाङ्पालकोट गाविस यही माघ १४ गते अलैँची पकेट क्षेत्र घोषणा हुने भएको छ । 

अलैंचीको निकै विस्तार भएको, खेतीको प्रचुर सम्भावाना रहेको र खेतीका लागि यो स्थान उपयुक्त रहेको भन्दै जिल्ला कृिष विकास कार्यालयले थाङ्पालकोटलाई अलँैची पकेट क्षेत्र घोषणा गर्न लागेको कृषि विकास कार्यालयले बताएको छ । 

अलैँची खेतीका लागि थाङ्पालकोटवासीबाट सिक्नुपर्ने नमुनाको रुपमा विकास हुँदै गइरहेको छ । गाविसमा विगत १० वर्षदेखि अलँैचीखेती हुँदै आएको टाल्टुले कृषि लघु उद्यमी अलैँची समूहका अध्यक्ष दोगदोग तामाङले जानकारी दिनुभयो । 

थाङ्पालकोटमा अलैँची उत्पादन फस्टाउनुका साथै यसको राम्रो उत्पादनसमेत हुँदै आएको कृषकहरु बताउँदै आइरहेका छन् । उक्त गाविसका कृषकहरु अलैँची उत्पादनबाट आत्मनिर्भर हुनुका साथसाथै मनग्य आम्दानीसमेत गर्न सफल भएका छन् । 

खेतीका लागि जिल्लाको उपयुक्त स्थान र उत्पादन राम्रो रहेको जिल्ला कृषी विकास कार्यालय, चौताराका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले बताउनुभयो । 

थाङ्पालकोटमा मात्रै ९०० रोपनीमा अलैँची खेती भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका थाङ्पालकोट, बरुवा, चोकटीलगायत विभिन्न ओसिला ठाउँहरुमा अलैँचीखेती हुँदै आएको छ । 

सिन्धुपाल्चोकका किसानहरु उत्साहका साथ अलैँचीखेतीमा सक्रिय देखिएपनि यो वर्ष भाउ घटेकाले किसानहरु चिन्तित बनेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल