माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२"/>

2026-09-16 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको जागिर छाडेर आलुखेतीमा, वार्षिक १२ लाख आम्दानी


माघ २०, काभ्रे । बालुवापाटी गाविस-२ का भीमबहादुर घोरसाइने सधैँ आफ्नो मेहनतमा विश्वास गर्छन् । प्रहरीको जागिर छाडेका घोरसाइनेले आलुखेतीबाट वार्षिक करिब रु १२ लाख आम्दानी गर्दै आएको छ ।

एक्काइस वर्षसम्म प्रहरी सेवापछि कृषि पेशा अङ्गाल्नुभएका ५७ वर्षीय घोरसाइने अहिले गाउँकै उदाहरणीय कृषकका रुपमा चिनिनुहुन्छ । आलु खेतीसँगै उनले पशुपालनमा समर्पित हुनुहुन्छ । ‘जागिर छाडेपछि सुरुवातमा किराना पसल चलाए,’ उनलेले भने ।

उनले भैँसीपालनबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दैआएका छन् । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहुने घोरसाइनेका दुई छोरा र दुई छोरीले समेत उनलेलाई सघाउँदै आएका छ । मेहनत गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उनले बताए ।

‘कृषि पेशाबाट मनग्य आम्दानी गर्न सकिन्छ,’ उनले भने।काठमाडौँमा पसल गरेर बस्दै आएका उनलेका छोरा सन्तोष बुबालाई सघाउन गाउँ फर्किए । ‘मेहनत गर्न सके कृषकले आर्थिक अवस्थामा सुधार ल्याउन सक्छ भन्ने कुरा बुबाबाट नै सिके,’ सन्तोषले भने । ‘परिवार नै मिलेर काम गर्दा त्यसलाई व्यावसायिकता दिन निकै सजिलो हुन्छ ।’ घोरसाइने परिवार सिङ्गो गाउँकै लागि प्रेरणाको स्रोत समेत बनेको छ ।

घोरसाइनेले कृषि व्यवसायबाट आम्दानी गरेर सहरमा दुईवटा घर जोडेका छन्। ‘मेहनत गरी कमाएको सम्पत्तिले निकै सन्तुष्टि दिँदोरहेछ,’ उनले भने, नेपाल कृषिप्रधान देश भएकाले यहाँ निकै सम्भावना रहेका उनी बताउँछन् ।

प्रहरीको जागिर छाडेर कृषि पेसा अङ्गाल्दा आफूले निकै प्रगति गरेको घोरसाइने बताए । ‘छोराछोरीबाट पनि आफूले सोचेजस्तै सहयोग पाइरहेको छु,’ उनलेले भने । उनले हाल १५ रोपनी जग्गामा मौसमी र बेमौसमी आलुखेती गर्दै आएका छन् ।

सुरुवातमा सिँचाइको राम्रो सुविधा भए पनि पछि पानीको मुहान सुक्दै गएपछि उनलेलाई सिचाइको समस्या भएको छ। घरमै उत्पादित मल प्रयोग गर्दैआउनुभएका घोरसाइने वर्षैपिच्छे आलुको बीउ फेरिरहन्छ। उनले गाउँमा समेत बीउ वितरण गर्दैआएका छन् ।

विभिन्न ठाउँमा देखेका आधारमा व्यावसायिक रुपमा आलु खेती गर्दै आएको उनको भनाइ छ । सबैले गाउँ छोडेर गइसकेको अवस्थामा आफूले आलु खेतीलाई निरन्तरता दिन र आफ्नो पुर्ख्यौली सम्पत्ति जोगाइराख्न आलुखेतीलाई निरन्तरता दिइरहेको घोरसाइनेले बताए । 

समाजसेवामा समेत समर्पित उनले समाजका हित हुने कामका निम्ति कहिल्यै पछि हट्दैनन् ।

प्रहरीमा जागिर गरेका कारण उनलाई गाउँभरि ‘पुलिस माइला’को नामले चिन्ने गर्छन् । आलुको व्यवसायिक खेतीमा घोरसाइने जिल्लामै अग्रस्थानमा हुनुहुन्छ । गाविसभरका किसान प्रायः आलुको बीउ खोज्दै घोरसाइनेको घरसम्म आइपुग्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल