मेनका चौधरी/फागुन १३, बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । 

नेपालमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मेनका चौधरी/फागुन १३, बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । 

नेपालमा"/>

2026-06-26 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

2017-02-24

मेनका चौधरी/फागुन १३, बर्दिया । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । 

नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराउनुभएको छ । 

महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गरेको विषादी बिक्रेता तथा सरोकारवालासँग विषादीको प्रयोग अवस्था र सोको नकारात्मक असरबाट बच्ने उपाय विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ८० प्रतिशत किसान केही समस्या हुने बित्तिकै एग्रोभेटमा जाने गरेकाले एग्रोभेट सञ्चालक दक्ष हुनुपर्ने वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो । 

किसानले तरकारी तथा फलफूलमा विषादी प्रयोग गर्दा मास्क, पन्जा लगाउने, विषादी राखेको बारीनजिक चुरोट नखाने, हात राम्रोसँग साबुनपानीले धुने गर्दा विषादीको असर कम पर्ने विज्ञको सुझाव रहेको छ । यसबाट किसान महिलालाई क्यान्सर भएको छ भने पुरुष प्यारालाइसिस जस्ता रोगको सिकार बनेका छन् । विषादीबाट मुख्य असर किसानलाई नै पर्ने हुन्छ । 

तरकारी र फलफूलमा विषादी आवश्यक भएपनि सहीरुपमा प्रयोग नगर्दा खतरा बढेको हो । विश्वका अन्य देशको तुलनामा विषादी प्रयोगको मात्रा नेपालमा कम भए पनि व्यवस्थित नहँुदा किसान तथा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर परेको हो । 

नेपालमा प्रतिहेक्टर एकसय ४२ ग्राम रासायनिक विषादी प्रयोग भएको छ । जुन परिमाणको हिसाबले अन्य देशमा भन्दा निकै कम रहेको छ । भारतमा प्रतिहेक्टर तीनसय ८१ ग्राम, चीनमा दुई किलो २५ ग्राम, अमेरिकामा एक किलो नौ ग्राम, जापानमा १० किलो आठ ग्राम र सबैभन्दा धेरै दक्षिण कोरियामा १६ किलो पाँच सय ५५ ग्राम विषादी प्रयोग हुने गरेको छ । ती मुलुकमा विषादीलाई व्यवस्थित रुपमा प्रयोग गर्दा किसानले राम्रो उत्पादन गर्न सफल भएका छन् भने उपभोक्ताले पनि स्वस्थकर तरकारी तथा फलफूल सेवन गर्न पाएका उहाँले बताउनुभयो । 

रावतले भन्नुभयो, “तर हाम्रो देशमा विषलाई औषधिका रुपमा बुझ्दा किसानमा गम्भीर प्रकारका रोग लागेका छन्, उपभोक्ताहरुमा पनि दीर्घकालीन असर देखिएको छ ।” नेपालमा अहिले ९५ प्रतिशत किसानले विषादी तरकारीमा प्रयोग गरेका छन् । नेपालमा २००५ सालतिरदेखि मलेरिया नियन्त्रण गर्ने उद्देश्यले विषादी भित्रिएको भएपनि विषादीको सदुपयोग गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर पारेको उहाँले बताउनुभयो । 

यस्तै, विषादीका कारण कतिपय पन्छी पनि लोप हुने अवस्थामा पुगेका छन् । पछिल्लो समयमा अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सक बताउँछन् । बालबालिकामा रगतको क्यान्सर, छालाको क्यान्सर हुने गरेको भेटिएको छ । तत्काल उत्पादन बढाउनका लागि अत्यधिक विषादी प्रयोग गर्दा नेपालमा थप समस्या देखिएको छ । रावतले भन्नुभयो, “किसानलाई छिटो नाफा कमाउनका लागि पनि अत्यधिक मात्रामा विषादी प्रयोग गरेका छन् त्यो असर उपभोक्ताको स्वास्थ्यमा परेको छ ।” 

विषादी प्रयोग गर्दा प्रत्यक्ष असर किसानलाई पर्ने भए पनि अधिकांश किसान अनभिज्ञ रहेका छन् । नेपालमा विषादीको प्रयोगका लागि जनचेतनामा कमी रहँदा समस्या आएको हो । किनकि धेरै किसानलाई प्रयोग गर्दा हुने नोक्सान बारे ज्ञान नहुँदा क्यान्सरजस्ता खतरनाक रोगको सिकार बन्न पुगेको वरिष्ठ कृषि विकास अधिकृत रावतले जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने