फागुन १६, डोटी । रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् । 

कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १६, डोटी । रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् । 

कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे स"/>

2026-09-16 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पैसाका निम्ति गाईपालेको होइन तर ‘सिस्टम बसाल्नु छ’

फागुन १६, डोटी । रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् । 

कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे समेत हुनुभएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आउनुभएको थियो । 

यसबाट सन्तुष्ठ नभएपछि उहाँले आफ्नै गृहजिल्ला डोटीमा गएर गाईपालन व्यवसाय सुरु गर्नुभएको हो । जिल्लाको समष्टिगत विकासका निम्ति आत्मनिर्भर हुन व्यवसाय गर्नुपर्छ भन्ने सोचले आफूले यस व्यवसाय अङ्गालेका श्रेष्ठले बताउनुभयो । 

राससको जिज्ञासामा उहाँले “आफ्नो बाल्यकालदेखिको रुचि कृषि व्यवसाय नै थियो तर समय र परिस्थितिले कानुन व्यवसायी र एनजिओकर्मी बनायो’’ उहाँले भन्नुभयो, “ रुडुक भन्ने संस्थामा जागिरे हुँदा डोटीलगायतका नेपालका धेरै ठाउँ घुम्दा व्यावसायिक रुपमा गरेका गाई, भैंँसी, बाख्रा, कुखुरापालनले त्यसैबेलादेखि नै मनमा डेरा जमाइसकेको थियो । अन्तत आफ्नै जन्मभूमि डोटीले आफूलाई यो व्यवसायतर्फ तानेको हो ।” 

“व्यवसयका लागि डोटीमा प्रशस्त सम्भावना छन् तर यहाँ सिस्टम छैन । त्यसका निम्ति आफू नै अग्रसर भएको हूँ ।” श्रेष्ठले उल्लेख गर्नुभयो । 

डोटीमा गाईभँैसी, बाख्रा, कुखुरा नपाल्ने कोही छैनन् तर ती सबै निवार्हमुखी मात्रै बनेका छन् । खानकै लागि ऋण काढेर दुहुनो गाईभँैसी खोज्ने तर दुहुन छुटेपछि थोरै मूल्यमा बिक्री गर्ने, पुनः ऋण काढेर अर्को खोज्ने गर्नाले यहाँ झन गरिबी बढेको उहाँको भनाइ छ । 

कतिपय युवा यो पेसा गर्न अपठेरो मान्ने तर भारतलगायत खाडीमूलुकमा श्रम बेच्न जाने उनीहरुको कामको कुनै निश्चित छैन तर पनि जोखिमपूर्ण काम गर्न बाध्य बनेका छन् । आफ्ना लागि कमाएर खानका निम्ति जमिन नभएका कोही छैनन् तर सोच नै गरिब भएका कारण उनीहरु झन गरिब बन्दै गएको देखिन्छ भन्नुहुन्छ व्यवसायी श्रेष्ठ । 

करिब रु ३० लाखको लगानीमा सिलगढी नगरपालिका– ६ स्थित चिसापानी भन्ने ठाउँमा १६ वटा गाई पाल्नुभएका उहाँले प्रतिदिन ६० लिटरभन्दा बढी दूध बजारमा पठाउने गरेको र पाँच जनालाई रोजगारी पनि दिनुभएको छ । यस व्यवसायले सिलगढीमा दूधको आपूर्ति सहज भएको छ । भनेको समयमा यहाँका होटेल व्यवसायीले दूध पाएका छन् । 

डोटीमा अहिलेसम्म व्यावसायिक रुपमा गाईपालन नभएकाले बजारमा पनिर, चिज खोज्दा नपाइने गरेको तीतो यथार्थ समेत श्रेष्ठले सुनाउनुभयो । 

डोटीस्थित सेती प्राविधिक शिक्षालयको भेटनरी तर्फका विद्यार्थीका लागि रिसर्च सेन्टर बनाउने सोचमा रहनुभएका उहाँले आगामी दिन गाईको गहुँत र गोबरसमेत बिक्री हुने आशा राख्नुभएको छ । 

सिङ्गो सुदूरपश्चिमका युवाको प्रतिनिधित्व गर्दै गाई पालनमा उदाहरणीय पात्र बन्नुभएकका श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्मालगायतका जिल्लाका सरकारी र गैरसरकारी निकायलेसुभेच्छासमेत दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा