पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतमा २८ जना कृषकले आफ्नो निवेदन पेश गरेका छन् ।

जिल्लामा कृष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतमा २८ जना कृषकले आफ्नो निवेदन पेश गरेका छन् ।

जिल्लामा कृष"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रधानमन्त्री कृषि आधुनिकरणमा २८ कृषकको निवेदन

२०७३, २२ फाल्गुन आईतवार ०५:१३

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतमा २८ जना कृषकले आफ्नो निवेदन पेश गरेका छन् ।

जिल्लामा कृषि आधुनिकरण अन्तरगत संचालन हुने पकेट, ब्लक र जोनको लागि २८ जना कृषकले निवेदन पेश गरेको जिल्ला कृषि कार्यालय पर्वतले जनाएको छ । 

  पकेट क्षेत्र निर्माणका लागि २६ र व्लक क्षेत्र निर्माणका लागी २ गरि २८ जना किसानले प्रधानमन्त्री कृषि      आधुनिकरण अन्तरगत काम गर्न इच्छुक देखिएको कृषि कार्यालयले जनाएको छ । 

पकेट क्षेत्रका लागि यो बर्ष २० वटा क्षेत्र तय गरिएता पनि २६ को आवेदन परेपछि जिल्ला कृषि विकास कार्यालय पर्वतले आवेदनको छानविन शुरु गरेको छ । पकेट क्षेत्रको लागि आवश्यक पर्ने क्षेत्रफल, मापदण्ड पूरा छ वा छैन त्यसको बारेमा जानकारी लिनको लागि कृषि कार्यालयले छानविन शुरु गरेको हो । 

आगामी महिनामा देखि शुरु हुने  उक्त कार्यक्रम सञ्चालन हुने बरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले      जनाकारी बताए । उनले जुन जिल्लामा जे सम्भावना छ, त्यही जिल्लामा त्यही कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार कार्यक्रम लाई अगाडी बढाईएको बताए । पर्वतमा मकैको जोनका रुपमा फलेबास क्षेत्रलाई रोजिएको छ भने पकेट क्षेत्रका लाई २० वटा क्षेत्र तय गरिएको छ । 

पकेटमा धान, मकै,              तरकारी,आलु,सुन्तला, कफी उत्पादक किसान छन् । पकेट क्षेत्र निर्माण गर्न कम्तीमा १० हेक्टर क्षेत्रफल हुनुपर्ने उल्लेख छ । त्यस्तै एउटा ब्लकका लागि कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्छ ।

पर्वतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन, पकेट र ब्लक गरी तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । यसको कुल बजेट रु २ करोड ८० लाख छ ।

कृषि ब्लक क्षेत्र आन्तर्गत शालिजा,धाईरिङ र नाग्लिवाङ गाबिस लाई छुट्याइएको छ भने पकेट सुन्तलाको लागी कुर्घा,पाङग्राङ,लिमिठाना र ठानामौला लाई छुट्याइएको कृषि विकास कार्यालयले जनाएको छ ।

परियोजना अन्तर्गत करिब रु एक करोडको कार्यक्रम कृषि जोनका लागि मात्रै आएको छ ।पर्वतको फलेवासका ३ गाबिस सहित लिमिठाना,थापाठाना लगाएतका क्षेत्रमा कृषि जोन कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि      आधुनिकीकरण परियोजनाको मकै जोन कार्यक्रममा कम्तीमा ३ हजार हेक्टर क्षेत्रमा मकै उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न