पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतमा २८ जना कृषकले आफ्नो निवेदन पेश गरेका छन् ।

जिल्लामा कृष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतमा २८ जना कृषकले आफ्नो निवेदन पेश गरेका छन् ।

जिल्लामा कृष"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

प्रधानमन्त्री कृषि आधुनिकरणमा २८ कृषकको निवेदन

२२ फाल्गुन २०७३, आईतवार ०५:१३

पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्वतमा २८ जना कृषकले आफ्नो निवेदन पेश गरेका छन् ।

जिल्लामा कृषि आधुनिकरण अन्तरगत संचालन हुने पकेट, ब्लक र जोनको लागि २८ जना कृषकले निवेदन पेश गरेको जिल्ला कृषि कार्यालय पर्वतले जनाएको छ । 

  पकेट क्षेत्र निर्माणका लागि २६ र व्लक क्षेत्र निर्माणका लागी २ गरि २८ जना किसानले प्रधानमन्त्री कृषि      आधुनिकरण अन्तरगत काम गर्न इच्छुक देखिएको कृषि कार्यालयले जनाएको छ । 

पकेट क्षेत्रका लागि यो बर्ष २० वटा क्षेत्र तय गरिएता पनि २६ को आवेदन परेपछि जिल्ला कृषि विकास कार्यालय पर्वतले आवेदनको छानविन शुरु गरेको छ । पकेट क्षेत्रको लागि आवश्यक पर्ने क्षेत्रफल, मापदण्ड पूरा छ वा छैन त्यसको बारेमा जानकारी लिनको लागि कृषि कार्यालयले छानविन शुरु गरेको हो । 

आगामी महिनामा देखि शुरु हुने  उक्त कार्यक्रम सञ्चालन हुने बरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले      जनाकारी बताए । उनले जुन जिल्लामा जे सम्भावना छ, त्यही जिल्लामा त्यही कृषि कार्यक्रम सञ्चालन गर्ने लक्ष्यअनुसार कार्यक्रम लाई अगाडी बढाईएको बताए । पर्वतमा मकैको जोनका रुपमा फलेबास क्षेत्रलाई रोजिएको छ भने पकेट क्षेत्रका लाई २० वटा क्षेत्र तय गरिएको छ । 

पकेटमा धान, मकै,              तरकारी,आलु,सुन्तला, कफी उत्पादक किसान छन् । पकेट क्षेत्र निर्माण गर्न कम्तीमा १० हेक्टर क्षेत्रफल हुनुपर्ने उल्लेख छ । त्यस्तै एउटा ब्लकका लागि कम्तीमा १०० हेक्टर क्षेत्रफल आवश्यक पर्छ ।

पर्वतमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि जोन, पकेट र ब्लक गरी तीन वटा कार्यक्रम सञ्चालन गरिएको छ । यसको कुल बजेट रु २ करोड ८० लाख छ ।

कृषि ब्लक क्षेत्र आन्तर्गत शालिजा,धाईरिङ र नाग्लिवाङ गाबिस लाई छुट्याइएको छ भने पकेट सुन्तलाको लागी कुर्घा,पाङग्राङ,लिमिठाना र ठानामौला लाई छुट्याइएको कृषि विकास कार्यालयले जनाएको छ ।

परियोजना अन्तर्गत करिब रु एक करोडको कार्यक्रम कृषि जोनका लागि मात्रै आएको छ ।पर्वतको फलेवासका ३ गाबिस सहित लिमिठाना,थापाठाना लगाएतका क्षेत्रमा कृषि जोन कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि      आधुनिकीकरण परियोजनाको मकै जोन कार्यक्रममा कम्तीमा ३ हजार हेक्टर क्षेत्रमा मकै उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सुरु भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो