सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस"/>

2026-11-02 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षपछि विदेशबाट फर्केर भैंसी पालन गर्दै प्युठानका एक युवा


सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस्लिम युवा  ३५ वर्षिय सलामत मियाँ व्यावसायीक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।

उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर ‘समिला’भैंसी फार्म दर्ता गरि  खोलेका हुन। बिदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने उद्धश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै भैसिपालन शुरु गरेको उनले बताए । उनले सबै रकम बैकँबाट ॠण काढेर ब्याबसायिक भैंसी पालनमा लगानी गरेको सुनाए ।

 सुरुमा ३ वटा भैंसी किनेर व्यवसाय सुरु गरेका मियाको फार्ममा अहिले ७ वटा भैंसी पुगेका छन् ।२ ओटा मुरा र ५ ओटा दोकल्ला जातको भैंसी रहेको फर्ममा २ ओटा पाडापाडी छ्न । ब्याबसायिक भैसिपालनबाट हौसिएका मिया  सरोकारवालाको सहयोग पाएमा अझै ३ ओटा भैंसी थप्ने सोचमा छन ।

दुध बिक्रिबाट मासिक ५० हाजर भन्दा बढि आम्दानी हुने गरेको मिया  बताउछन । विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले नेपालमा नै भैंसी पाल्न थालेको मियाको भनाइ छ । ‘दैनिक ४० लिटर दुध उत्पादन हुन्छ,’ उनले भने, ‘मैले माग अनुसार दुध पुर्याउन सकेको छैन ।’ ७ वटै भैसि दुहुना रहेको उनले सुनाए ।

यहाँ  भैंसीको दुध खोज्ने ग्राहक धेरै भएकाले बजारकोसमेत समस्या नभएको उनको भनाइ छ । अहिले बजारमा ५५ रुपैयाँ प्रतिलिटरमा दुध बिक्रि हुने गरेको जानकारी दिँदै मियाले माग अनुसार दुध पुर्याउन पनि कठिन भइरहेको बताए । “उत्पादित दुधभन्दा माग दोब्बर छ ।” उनले भने । केही समय अघि देखि शुरु गरिएको भैसिपालन फर्मबाट दैनिक १ हजार ६ सय रुपैया आम्दानी गर्दै आएको उनले बताए ।

खाडी मुलुकमा काम गर्दा गर्दै विदेशमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने सोचेर स्वदेश फर्किएर व्यवसायिक भैंसी पालनमा हात हालेको कृषक मियांले बताए । परीवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै हुने मियाको बुझाई छ । आफूलाई यस ब्यवसायले आत्मसन्तुष्टि मिलेको उनले बताए । 

बाङ्गेसाल ३ स्थित कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरि भैंसी फार्म खोलेका मियाले स्थानिय सहकारीमा दूध बिक्री गर्दै आएका छ्न । सहकारीले जत्तिपनी दूध खरिद गरिदिने उनले बताए।

भैंसी खरिद,गोठ ब्यबस्थापन र इनार खन्नका लागि ॠण खोजेर फार्ममा लगानी गरिएको उनले बताए । उनले भैंसी गोठ समेत ब्यबस्थित बनाएका छन । गोठ सरसफाइ देखि भैसिलाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए । 

जिल्ला पशुसेवा कार्यालयले एक थान घाँस काट्ने मेसिन उपलब्ध गराए पनि स्वस्थ, दृष्ट्र्पुष्ट्र बनाउन उनले आफुले पालेको भैंसीलाई नियमित खोप पनि दिने गरेका छन । उनले भैंसी फर्मसंगै ७ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसम अनुसारको तरकारी खेती गर्ने योजना समेत रहेको उनले सुनाए ।

सरोकारवाला निकायबाट सहयोग पाए ब्याव्सायलाइ जिल्ला कै नमुना ब्याबसायको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलाइ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द