सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस"/>

2026-09-16 02:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ वर्षपछि विदेशबाट फर्केर भैंसी पालन गर्दै प्युठानका एक युवा


सलिम अन्सारी/फागुन २२, प्युठान । ७ वर्ष कतार, ३वर्ष साउदिमा  र १६ महिना माल्द्धिप्समा काम गरेर घर फर्केका प्युठान  बाङ्गेसाल ४ का मुस्लिम युवा  ३५ वर्षिय सलामत मियाँ व्यावसायीक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन ।

उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर ‘समिला’भैंसी फार्म दर्ता गरि  खोलेका हुन। बिदेश जानुभन्दा आफ्नै गाउँठाउँमा केही गर्ने उद्धश्य र कृषि तथा पशुपालनबाट जिबिकोपार्जन गर्न सकिने संभावना देखेर ब्याब्सायिक रुपमै भैसिपालन शुरु गरेको उनले बताए । उनले सबै रकम बैकँबाट ॠण काढेर ब्याबसायिक भैंसी पालनमा लगानी गरेको सुनाए ।

 सुरुमा ३ वटा भैंसी किनेर व्यवसाय सुरु गरेका मियाको फार्ममा अहिले ७ वटा भैंसी पुगेका छन् ।२ ओटा मुरा र ५ ओटा दोकल्ला जातको भैंसी रहेको फर्ममा २ ओटा पाडापाडी छ्न । ब्याबसायिक भैसिपालनबाट हौसिएका मिया  सरोकारवालाको सहयोग पाएमा अझै ३ ओटा भैंसी थप्ने सोचमा छन ।

दुध बिक्रिबाट मासिक ५० हाजर भन्दा बढि आम्दानी हुने गरेको मिया  बताउछन । विदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले नेपालमा नै भैंसी पाल्न थालेको मियाको भनाइ छ । ‘दैनिक ४० लिटर दुध उत्पादन हुन्छ,’ उनले भने, ‘मैले माग अनुसार दुध पुर्याउन सकेको छैन ।’ ७ वटै भैसि दुहुना रहेको उनले सुनाए ।

यहाँ  भैंसीको दुध खोज्ने ग्राहक धेरै भएकाले बजारकोसमेत समस्या नभएको उनको भनाइ छ । अहिले बजारमा ५५ रुपैयाँ प्रतिलिटरमा दुध बिक्रि हुने गरेको जानकारी दिँदै मियाले माग अनुसार दुध पुर्याउन पनि कठिन भइरहेको बताए । “उत्पादित दुधभन्दा माग दोब्बर छ ।” उनले भने । केही समय अघि देखि शुरु गरिएको भैसिपालन फर्मबाट दैनिक १ हजार ६ सय रुपैया आम्दानी गर्दै आएको उनले बताए ।

खाडी मुलुकमा काम गर्दा गर्दै विदेशमा गर्ने दुःख नेपालमै गर्ने सके मनग्गे आम्दानी गर्न सकिने सोचेर स्वदेश फर्किएर व्यवसायिक भैंसी पालनमा हात हालेको कृषक मियांले बताए । परीवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै हुने मियाको बुझाई छ । आफूलाई यस ब्यवसायले आत्मसन्तुष्टि मिलेको उनले बताए । 

बाङ्गेसाल ३ स्थित कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरि भैंसी फार्म खोलेका मियाले स्थानिय सहकारीमा दूध बिक्री गर्दै आएका छ्न । सहकारीले जत्तिपनी दूध खरिद गरिदिने उनले बताए।

भैंसी खरिद,गोठ ब्यबस्थापन र इनार खन्नका लागि ॠण खोजेर फार्ममा लगानी गरिएको उनले बताए । उनले भैंसी गोठ समेत ब्यबस्थित बनाएका छन । गोठ सरसफाइ देखि भैसिलाइ घाँस, दाना र पानी खुवाउने काममा आफुलाइ परिवारले पनि पूर्ण साथ दिने गरेको बताए । 

जिल्ला पशुसेवा कार्यालयले एक थान घाँस काट्ने मेसिन उपलब्ध गराए पनि स्वस्थ, दृष्ट्र्पुष्ट्र बनाउन उनले आफुले पालेको भैंसीलाई नियमित खोप पनि दिने गरेका छन । उनले भैंसी फर्मसंगै ७ रोपनी जग्गामा घाँस खेती गरिरहेका छन । गोठमा निस्केको मलमुत्रलाई सदुपयोग गर्न मौसम अनुसारको तरकारी खेती गर्ने योजना समेत रहेको उनले सुनाए ।

सरोकारवाला निकायबाट सहयोग पाए ब्याव्सायलाइ जिल्ला कै नमुना ब्याबसायको रुपमा बिकास गर्ने सोच रहेको उनको भनाइ छ । आफू जस्ता कृषकलाइ राज्यले सहयोग गर्नुपर्ने धारणा उनको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा