2026-09-16 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वैदेशिक रोजगारीबाट फर्किएर माछा पालन, बार्षिक ६० लाख बढी कमाई

चैत ३, पथरी (मोरङ) | वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । 

विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन व्यवसाय सुरु गरिएको हो । ती चारमध्ये एकजना चेतन दाहालले भन्नुभयो, “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो’। गत वर्ष रु ६० लाख’।” २०७३ सालमा रु ७५ लाख आम्दानीको लक्ष्य रहेको उहाँको भनाइ छ । 

सो १५ बिघा जमिनमा धान लगाएको प्रत्येक साल रु १२ लाख आम्दानी हुँदै आएको थियो । खाद्यबालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उहाँहरुको न्यू सगरमाथा नेचुरल फार्मले रु ४० लाखकोलगानीमा १५ बिघा जग्गामा माछापालन सुरु गरेको छ। त्यसमध्ये साढे १० बिघा क्षेत्रफलमा जलाशययुक्त १३ वटा पोखरी रहेका छन् । उहाँहरुले सञ्चालन गरेको माछा फार्ममा हाल स्थानीय चारजनाले रोजगारी पाएका छन् । बजारमा माछाको माग उच्च भएर धान्न गाह्रो भएको दाहालको भनाइ छ। 

मोरङको पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालीका र दुर्गापुरी र बाहिरबाट आउने व्यापारीलाई माछा दिन नसकेको उहाँको भनाइ छ । हाल पोखरीमा रहु, नैनी, ग्रासकार्प, कमनकार्प, विगहेड, सिल्भर, भाकर र हिलापिया गरी आठ जातका माछा रहेका छन् । फार्मका निर्देशक मनोजकुमार गौतमले भन्नुभयो, “कृषिमा यान्त्रीकरण सरकारको नारा मात्र बनेको छ । भारतमा माछालाई शत्रुबाट जोगाउन ‘फाँसीजाल’ को प्रयोग हुन्छ, नेपालमा त्यो सामान्य कृषियन्त्र हाम्रो पहुँचमा छैन।” 

यहाँ रहु र नैनी जातका माछाको माग उच्च रहेको छ । माछाबाट राम्रो आम्दानी लिएको र बजारमा उच्च माग भएको देखेपछि अहिले हसन्दह–२ मौलीबारीका किसान दुई बाली धान हुने खेत मास्दै पोखरी खन्न थालेका छन् । नेत्र बस्नेत, धनबहादुर भट्टराई, सुवास निरौला, जगत भट्टराई र दीपक खड्काले पोखरी खनिसकेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा