2026-11-02 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

वैदेशिक रोजगारीबाट फर्किएर माछा पालन, बार्षिक ६० लाख बढी कमाई

चैत ३, पथरी (मोरङ) | वैदेशिक रोजगारीबाट फर्किनुभएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् । 

विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किनुभएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन व्यवसाय सुरु गरिएको हो । ती चारमध्ये एकजना चेतन दाहालले भन्नुभयो, “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो’। गत वर्ष रु ६० लाख’।” २०७३ सालमा रु ७५ लाख आम्दानीको लक्ष्य रहेको उहाँको भनाइ छ । 

सो १५ बिघा जमिनमा धान लगाएको प्रत्येक साल रु १२ लाख आम्दानी हुँदै आएको थियो । खाद्यबालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उहाँहरुको न्यू सगरमाथा नेचुरल फार्मले रु ४० लाखकोलगानीमा १५ बिघा जग्गामा माछापालन सुरु गरेको छ। त्यसमध्ये साढे १० बिघा क्षेत्रफलमा जलाशययुक्त १३ वटा पोखरी रहेका छन् । उहाँहरुले सञ्चालन गरेको माछा फार्ममा हाल स्थानीय चारजनाले रोजगारी पाएका छन् । बजारमा माछाको माग उच्च भएर धान्न गाह्रो भएको दाहालको भनाइ छ। 

मोरङको पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालीका र दुर्गापुरी र बाहिरबाट आउने व्यापारीलाई माछा दिन नसकेको उहाँको भनाइ छ । हाल पोखरीमा रहु, नैनी, ग्रासकार्प, कमनकार्प, विगहेड, सिल्भर, भाकर र हिलापिया गरी आठ जातका माछा रहेका छन् । फार्मका निर्देशक मनोजकुमार गौतमले भन्नुभयो, “कृषिमा यान्त्रीकरण सरकारको नारा मात्र बनेको छ । भारतमा माछालाई शत्रुबाट जोगाउन ‘फाँसीजाल’ को प्रयोग हुन्छ, नेपालमा त्यो सामान्य कृषियन्त्र हाम्रो पहुँचमा छैन।” 

यहाँ रहु र नैनी जातका माछाको माग उच्च रहेको छ । माछाबाट राम्रो आम्दानी लिएको र बजारमा उच्च माग भएको देखेपछि अहिले हसन्दह–२ मौलीबारीका किसान दुई बाली धान हुने खेत मास्दै पोखरी खन्न थालेका छन् । नेत्र बस्नेत, धनबहादुर भट्टराई, सुवास निरौला, जगत भट्टराई र दीपक खड्काले पोखरी खनिसकेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द