चैत ७, पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । 

यहाँका कृषकलाई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ७, पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । 

यहाँका कृषकलाई "/>

2026-09-16 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदुवा बिक्री नभएपछि कृषक निराश


चैत ७, पर्वत । मकै र कोदो छाडेर अदुवाखेती लगाएका उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका छन् । 

यहाँका कृषकलाई अदुवा बिक्री गर्न बजार अभाव भएको छ । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङमा उत्पादन भएको अदुवाले बजार पाउन सकेको छैन । खाद्यबाली र तरकारीको विकल्पमा खेतबारीमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन् । अदुवाले उचित मूल्य र बजार पाउन नसकेको लेकफाँट देउरालीका कृषक कुलप्रसाद सुवेदी बताउनुहुन्छ । 

बिक्री नभएपछि यहाँका कृषकले उत्पादन गरेको पाँच हजार किलो अदुवा बारीमै कुहिन थालेको छ । “प्रतिकिलो रु ८० मा बीउ किनेर लगाएको अदुवा रु २० मा पनि बिक्री भएन”, सुवेदीले भन्नुभयो – “लगानीसमेत उठ्न नसक्ने अवस्था छ ।” 

सो क्षेत्रमा उत्पादित अदुवाको प्रमुख बजार म्याग्दीको बेनी, कुश्मा, पोखरा र भारत हो । नेपालमा अदुवाको प्रयोग न्यून छ भने यसलाई प्रशोधन गरेर अन्य परिकार बनाउने उद्योगको अभाव छ । 

दुई वर्ष अगाडीसम्म अदुवा प्रतिकिलो रु ६० देखि रु ८० मा बिक्री भएको स्थानीय कृषक राधिका सुवेदी बताउनुहुन्छ । यातायातको सुविधा नहुँदा यहाँका कृषक पिठ्यूमा बोकेर म्याग्दीको बेनीसम्म अदुवा, दूध, तरकारीलगायत कृषि उपज बिक्री गर्दैआएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा