चैत १३, बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । 

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको साम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १३, बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । 

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको साम"/>

2026-09-16 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामूहिक माछापालनमा किसान

चैत १३, बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । 

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष रु चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताउनुभयो । 

थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले रु १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए । “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भन्नुभयो – “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उहाँको भनाइ छ । 

सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा गत वर्ष ३५ हजार भुरा माछा छोडिएको थियो । यो वर्ष एक लाख भुरा माछा छोडने तयारी भएको समूहका सदस्य बलबहादुर थापाले जानकारी दिनुभयो । “यो वर्षदेखि माछाको नर्सरी पनि बनाउने योजनामा छौँ”, थापाले भन्नुभयो – “अबदेखि माछाका भुरा पनि बेच्छौँ ।” 

वार्षिक रु एक लाख भाडामा तङ्ग्राम धैरेनीमा लिएको २० रोपनी जग्गामा माछापालनसँगै बाख्रा, कुखुरा र हाँस पनि पाल्न थालिएको छ । पोखरीमा भुरा छोडेको छ महिनामा माछा बिक्रीका लागि तयार हुने गरेको र प्रतिकिलो रु ५००मा माछा बिक्री हुँदै आएको सदस्य थापाले बताउनुभयो । 

पोखरीमा उत्पादित सबै माछा गाउँमै खपत हुने गरेको छ । “माछापालन सफल भएको छ, यसलाई अझै विस्तार गर्ने हाम्रो योजना छ” – थापाले भन्नुभयो । पोखरीमा ग्रासकार्प, कमन, नैनी, रहु, भ्याकुर जातका माछा छ । समूहले माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु एक लाख २० हजार अनुदानसमेत पाएको छ । 

 २५/२५ हजार सेयर रकम राखेर माछापालन व्यवसाय सुरु गरिएकामा अहिले उक्त रकम बढाएर रु एक लाख पु¥याइएको छ । सुरुमा केही सामूहिक ऋण लिनुपरे पनि अहिले व्यवसाय नाफामा रहेको जनाइएको छ । भुरा टाढाबाट लिनुपर्ने, महँगो भाडा तिनुपर्ने, भनेको माछा नपाइने, हावापानी नमिल्दा भुरा मर्नेजस्ता समस्या किसानले व्यहोर्दै आएका छन् । 

समूहले वार्षिक रु ५० लाखसम्म कमाउने लक्ष्यका साथ यो व्यवसायलाई विस्तार गर्ने योजना रहेको जनाएको छ । पछिल्लो समय बागलुङमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दो छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लामा सयभन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल