चैत १४, धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १४, धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक "/>

2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यावसायिक च्याउखेतीका नमुना बने कृष्णदास

March 27, 2017


चैत १४, धुलिखेल । पनौती–१२ खोपासीका कृष्णदास उलकले च्याउखेतीबाटै मासिकरुपमा लाखौँ आम्दानी गरिरहेका छन् । त्रिपन्न वर्षीय उलकले १२ वर्ष अगाडिदेखि व्यावसायिक रुपमा च्याउखेती गर्दै आएका हुन् । 

अहिले उनी खोपासी बजारभन्दा केही वर जयमाँ हारती च्याउ उद्योग खोलेर काम गरिरहेका छन् । उनले त्यहाँ च्याउ उत्पादनको उद्योग नै खोलेको एक वर्ष जति भयो । सोही च्याउ उद्योगबाट उनले दैनिक २०० देखि २५० केजीसम्म उत्पादन गरी बिक्री गरिरहेका छन् । त्यहाँबाट उत्पादन भएको च्याउ काभ्रेपलाञ्चोकको बनेपालगायत काठमाडौँको बजारसम्म पुगेको उनले बताए । 

स्थायी घर नै त्यही भएका कृष्णदास ३० वर्ष अगाडिदेखि नै च्याउको खेती गर्न थालेको बताउँछन् । उनी भन्छन् – “अहिले म व्यावसायिक रुपमा नै यसै खेतीलाई निरन्तरता दिइरहेको छु ।” यसरी गरिएको खेतीबाट मासिक रु तीनदेखि चार लाख कमाइ हुने उलकको भनाइ छ । “खेती पहिलादेखि नै गरेको भए पनि यसरी मासिक तीन÷चार लाखको कमाइ गरेको भने करिब एक वर्ष जति भयो,” कृष्णदासले भने । 

उनी भन्छन्, “मेरो उद्योगमा काम गर्ने मान्छे दैनिक ११/१२ जना हुन्छ । उनीहरु दैनिक प्लास्टिकको थैलीमा पराल भर्ने हो ।” त्यससँगै रेखदेख गर्न थप मान्छे राखिएका छन् । 

च्याउखेतीको अनुभव सुनाउँदै उलकले भने – “तीस वर्ष अगाडिको कुरा हो, पहिला च्याउ कसैले पनि खाँदैनथ्यो । यहाँदेखि काठमाडौँको खिचापोखरीसम्म बेच्न लाँदा खेरी पनि खाने मान्छे भेटिएन । च्याउ खायो भने मान्छे मर्छ भन्ने बुझाइ थियो मान्छेमा ।” 

उनले भने – “त्यसै कारणले त्यहाँदेखि बीचमा च्याउखेती गर्न छाडेको थिएँ । पछि आएर सबैको चासो र खाँचोको विषय भएपछि पुनः सुरु गरेँ, यसै खेतीबाट आफैँले खाएर, कामदारलाई दिएर सबै खर्च कटाएर १२ वर्षको बीचमा रु ४५÷५० लाख जति नगद कमाइ गरेको छु । यो पेसाबाहेक अरु कुनै पनि काम गरेको छैन ।” च्याउ उद्योगमा पुग्ने जो कोहीसँग पनि कुरा गर्ने समय हुँदैन उलकको । उनी च्याउ उद्योगमा आउनेसँग काम गर्दै कुरा गर्ने गर्छन् । 

“कमाएको जति सबै च्याउखेतीमै लगानी गरिरहेको छु,” उलकले भने, “अहिले यस उद्योगबाहेक तीन ठाउँमा यस्तै च्याउखेती गरिरहेको छु ।” अहिले भने कामका लागि थप कामदार राखेका छन् । उनले एक वर्ष अगाडिदेखि वार्षिक रु ८० हजारमा पाँच रोपनी जग्गा लिजमा लिएर काम गरिरहेका छन् । सबैजसो खेती गरेको जग्गा भाडामा नै लिएको उनको भनाइ छ । 

त्यही खेतीबाट दुई छोरा र एक छोरीलाई पढाएको बताउने उनको अहिले दुई छोरामा एक डोजर अपरेटर र अर्को डोजर चालक रहेका छन् । “छोरीले यसै च्याउखेतीमै काम गरिरहेको छ,” उनले भने – “सुरुमा उनीहरुलाई आफैँले लगानी गरेर काम सिकाएको हुँ । अहिले छोराछोरीका लागि कुनै खर्च दिनु पर्दैन ।” सबै उनीहरु आ–आफैँले कमाएर खाने भएको उलकले बताए । उनले अहिले कन्ये च्याउको खेती गरिरहेका छन् । केही समयपछि सिताके च्याउको उत्पादन गर्ने उनको योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक