बैशाख २, बेनी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ । 

म्याग्दीको बेन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २, बेनी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ । 

म्याग्दीको बेन"/>

2026-09-16 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन, मासिक ५० हजार आम्दानी


बैशाख २, बेनी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ । 

म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको सिद्धबराहा बाख्रा तथा कृषि फार्म जिल्लाकै नमुना फार्मको रुपमा चिनिएको हो । 

३९ वर्षीय मल्लले सञ्चालन गरेको फार्ममा नयाँ शैली, प्रविधि र संरचनाको प्रयोग हुनुका साथै जाडो याममा फाइबर टिन र गर्मी याममा हावा छिर्ने झ्यालको प्रयोग गर्ने गरिन्छ । 

३० मिटर लम्बाइ र ५ दशमलव २ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा छुट्टाछुट्टै कोठा रहेको सो फार्म अवलोकनका लागि जिल्लाभित्र र बाहिरबाट दैनिकरुपमा कृषक आउन थालेका छन् । मानिस बस्ने घरजस्तै सफासुग्घर रहेको फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठा रहेका छन् । 

‘टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रा पालेको बताउने मल्लले खोरलाई सरसफाइ, वातावरण अनुकूलित र व्यवस्थित बनाउन सकेमा रोगको समस्या धेरै कम हुने जानकारी दिनुभयो । 

बाख्रामा कुनै रोगको समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेको मल्लले बताउनुभयो ।  प्रविधि र यन्त्र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लको अनुभव छ । मल्लले फार्मका बाख्रा, खसीबोका सामाजिक सञ्जाल फेसबुक पेज र इन्टरनेटका माध्यबाट बेच्ने गरेका छन् । 

हाल मल्लको फार्ममा जमुनापारी, वित्तल र खरी जातका १५० वटा बाख्रा छन् । चारवर्ष अघि २७ वटा बाख्राबाट फार्म सुरु गर्नुभएका मल्लले अहिले बाख्रा र खसीबोका बेचेर मासिक रु ५० हजारको हाराहारीमा कमाइ गर्ने गरेका छन् । 

साढे तीन वर्ष इराकमा काम गरेर गाउँ फर्कनुभएका मल्लले बाख्रा फार्म स्थापना र पूर्वाधार तयार गर्न हालसम्म रु २५ लाख लगानी भएको जानकारी दिनुभयो । यस व्यवसायमा आफूबाहेक थप पाँच जनालाई रोजगारीसमेत दिएको मल्लले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता