पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख १२, वीरगन्ज । वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा रु ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको छ ।

जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार सो असिनाबाट जिल्लाको करिब १५ वटा गाविसमा लगाएको गहुँ बालीमध्ये रु ७० करोड मूल्य बराबरको २४ हजार ७३१ मेट्रिक टन गहुँ क्षति भएको हो ।

जिल्लामा यस वर्ष किसानले २८ हेक्टर ९०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा वैशाखको पहिलो साता आएको असिनाबाट जिल्लामा ३० प्रतिशत गहुँ बाली क्षति भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरतन साहले बताउनुभयो ।

यसैगरी, सो असिनाबाट बारा जिल्लामा दलहन बाली ५० प्रतिशत, तरकारी बाली २५ प्रतिशत र हिउँदे मकै बाली २० प्रतिशत क्षति भएको सो कार्यालयले जनाएको छ । रासस