पोखरा, २ जेठ ।  कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, २ जेठ ।  कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी "/>
२०८३, ९ बैशाख बुधबार
कास्की - KSK

मादी गाउँपालिकामा एमाले बिजयी

२०७४, २ जेष्ठ मंगलवार ०८:०२

पोखरा, २ जेठ ।  कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमाले बिजयी भएको छ । एमालेका उम्मेदवार बेद बहादुर गुरुङ (श्याम) ले नेपाली काँग्रेसका उम्मेदवार देवीजंग गुरुङलाई ९ सय ८४ मतले पराजीत गरेका हुन् । बेदले ४ हजार ६ सय ३७ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी देवीजंगले ३ हजार ६ सय ५३ मत पाए । उपाध्यक्षमा एमाले उम्मेदवार बिष्णु पौडेल बिजयी भईन् । उनले निकटतम प्रतिद्धन्द्धी काँग्रेस उम्मेदवार प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पराजीत गरेकी हुन् । पौडेलको ४ हजार ५ सय २३ मत आउँदा गुरुङको ३ हजार १ सय ३१ मत आयो ।
१२ वडा रहेको मादीको १, २, ४, ६, १० र १२ नम्बर वडामा एमालेले जीत हात पारेको छ भने ३, ५ र ८  मा काँग्रेस तथा ७, ९ र ११ नम्बर वडामा नेकपा माओबादी केन्द्र बिजयी भएको छ । बिजयी गुरुङ नेकपा एमाले ४ नम्बर प्रदेश कमिटिका सदस्य हुन् । अध्यक्षका उम्मेदवार बेद बहादुर गुरुङले १ नम्बर वडाबाट ५ सय ५६ मत पाए भने २ मा ५ सय २९ मत पाए । ३ मा २ सय ३३, ४ मा ४ सय ६०, ५ मा ४ सय २५, ६ मा ४ सय ४८, ७ मा ३ सय १९, ८ मा २ सय ९८, ९ मा २ सय ९९, १० मा ५ सय २२, ११ मा २ सय ८ र १२ नम्बर वडामा ७ सय ७८ मत पाएका थिए ।
अध्यक्षमै काँग्रेस उम्मेदवार देवीजंग गुरुङको १ नम्बर वडामा ४ सय २९, २ मा १ सय ४४, ३ मा ३ सय २९, ४ मा २ सय ६४, ५ मा ४ सय ८९, ५ मा २ सय ५, ७ मा १ सय ५५, ८ मा ४ सय १३, ९ मा ३ सय ७४, १० मा २ सय ९९, ११ मा २ सय ७७ र १२ नम्बर वडामा २ सय ६४ मत छ ।
माओबादी केन्द्रका उम्मेदवार राधा सापकोटाले १ बाट १२, २ बाट ७, ३ बाट २३, ४ बाट ४७, ५ मा १५, ६ मा १३, ७ मा १ सय ८५, ८ मा ४२, ९ मा ५२, १० मा १६, ११ मा १ सय ६१ र १२ नम्बरमा १ सय ३ मत ल्याईन् ।
उपाध्यक्ष एमाले उम्मेदवार बिष्णु पोडेलले १ नम्बरमा ५ सय ५३, २ मा ४ सय २३, ३ मा २ सय ३३, ४ मा ४ सय ८६, ५ मा ४ सय १०, ६ मा ४ सय २९, ७ मा २ सय ९०, ८ मा २ सय ७६, ९ मा ३ सय ११, १० मा ५ सय ३०, ११ मा २ सय ४ र १२ नम्बर वडामा २ सय ४ मत ल्याईन् ।
निकटतम प्रतिनिधी काँग्रेस उम्मेदवार प्रभाश्री गुरुङले १ नम्बर वडामा ४ सय ३१, २ मा २ सय ५३, ३ मा २ सय ९८, ४ मा २ सय ३८, ५ मा ४ सय ९८, ६ मा २ सय १८, ७ मा १ सय २४, ८ मा ४ सय २१, ९ मा ६२, १० मा १ सय ५३, ११ मा २ सय १२ र १२ नम्बर वडामा २ सय २३ मत पाईन् ।
मादीमा माओबादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार नन्दश्री गुरुङले १ बाट १३, २ बाट ६, ३ बाट ३६, ४ बाट ४३, ५ बाट १९, ६ बाट १५, ७ बाट २ सय २६, ८ मा ५५, ९ मा ३ सय १८, ४ मा १ सय ३२, ११ मा २ सय ३७ र १२ नम्बर वडामा १ सय ४ मत पाएकी छिन् । अरु पार्टीका उम्मेदवारले खाता पनि खोल्न सकेनन् । १३ हजार ५ सय ९५ मतदाता रहेको मादीमा ९ हजार ८ सय ८० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ