जेठ २४, तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २४, तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छ"/>
2026-09-16 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे

जेठ २४, तनहुँ । अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । 

व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो । उक्त कुखुराले अन्डा दिन थालेको करिब दुई÷तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताउनुभयो । 

साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६÷७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आउनुभएको बताइएको छ । श्रेष्ठले उक्त कुखुरा फार्मको सगरमाथा इन्सुरेन्स कम्पनीमा बिमा गराएको र सोही बिमा कम्पनीका व्यक्ति आएर अवलोकन गरेका छन् के कति क्षतिपूर्ति दिने हुन् केही थाहा छैन भन्नुभयो । 

त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्वायलर जातका ४०० कुखुरा पटकपटक गरी मरेर सकिएको बताउनुभयो । उक्त कुखरा मर्दा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिनुभयो । 

बिमा कम्पनीले ब्वायलर जातको कुखुरा व्यवसायमा बिमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग