2026-09-16 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जग्गा बन्धकी लिएर सामूहिक बदाम खेतीमा महिला


हरि बाँस्तोला/असार २४, पोखरा । वर्षेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् । 

कास्की जिल्ला, माछापुछ्रे गाउँपालिका–३ घाहाचोकस्थित भलाबोट फाँटमा अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थामार्पmत उनीहरूले एक दशकदेखि सामूहिक बदाम खेती गर्दै आएका हुन् । 

घाचोकका अधिकांश घरमा बदाम खेती गर्ने प्रचलन छ । त्यही बदाम बिक्री गरी चाडबाड मनाउने यहाँको प्राचीन प्रचलन पनि हो । तीन वर्षको लागि रु एक लाख ५० हजारमा पाँच रोपनी जग्गा बन्धकी लिएर दुई मुरी स्थानीय जातको बदामको बीउ लगाइएको सहकारी संस्थाका अध्यक्ष अनन्ता पोख्रेलले बताउनुभयो । 

उहाँले यस वर्ष लगभग २५ मुरी बदाम उत्पादन हुने बताउँदै बजारमा बिक्री गर्दा रु दुई लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार परम्परागत रुपमा घाहाचोकको बदामले कमाएको ख्याति र स्थानीय बीउको संरक्षण गर्दै सामूहिक खेतीको माध्यमबाट महिलाको आयआर्जनमा अभिवृद्धि गर्ने लक्ष्यका साथ २०६४ सालदेखि निरन्तर बदाम खेती गर्दै आइएको हो । 

“उत्पादित बदाम बिक्री हुँदैन कि भन्नु पर्दैन, घाचोकको बदामका पारखी र पोखराका व्यापारी खरिद गर्न बारीमै आउँछन्,” उहाँले भन्नुभयो, “यस वर्ष बदाम प्रतिपाथी रु ४५० मूल्य निर्धारण गरिने भएको छ ।” 

सम्झौतानुसार निश्चित समयमा मूल धन फिर्ता गर्ने र जग्गा उपयोग गरेबापत ब्याज तिर्न नपर्ने प्रथालाई बन्धकी भनिन्छ । अध्यक्ष पोख्रेलले प्रत्येक वर्ष छुट्टाछुट्टै जग्गामा गरिने भएकाले बदामलाई घुम्ती खेतीका रुपमा लिइएको बताउनुभयो । 

संस्थाले बदामको अलावा मौसमी तथा बेमौसमी तरकारी खेती, आलु, धान, तोरी, सिलामलगायतको सामूहिक खेती गर्दै आएको छ । सामूहिक कृषिका कारण सहकारी संस्था गठन गर्दा मासिक रु २० सङ्कलन गर्न समेत हिच्किचाउने महिला अहिले खुशी भएर मासिक रु तीन सयजम्मा गर्न थालेका छन् । 

त्यही सहकारीबाट ऋण लिएर शेयर सदस्य महिलाले गाई, भैँसी एवम् कुखुरापालन, तरकारीखेती, आधुनिक कृषि औजार खरिद गरी आयआर्जन गर्दै आएको सहकारी संस्थाका सचिव गायत्री पोख्रेलले जानकारी दिनुभयो । 

उपयुक्त हावापानी र बलौटे माटामा गाईभैँसीको मल मात्र प्रयोग गरेर उत्पादित प्राङ्गारिक बदामबाट आगामी दिनमा गाउँमै पिनट बटर बनाएर पोखराका होटलमा बिक्री गरी आन्तरिक एवम् बाह्य पर्यटकलाई स्वाद चखाउने लक्ष्य राखिएको छ । 

यसबाट शेयर सदस्यका लागि स्वरोजगार सिर्जना गर्दै थप आम्दानीको स्रोत बढाइने सहकारीको लक्ष्य रहेको सचिव पोख्रेलले बताउनुभयो । 

सामूहिक बदाम खेतीले गाउँका सबै दिदीबहिनीलाई सङ्गठित गरेको बताउने सहकारीका शेयर सदस्य कलाज्यू ठकुरीले बारी तयार गरेदेखि उत्पादन भित्रयाउँदासम्म बारीमा दिदीबहिनी जम्मा हुँदा पर्व आए जस्तै हुने गरेको बताउनुभयो । 

महिलाको प्रयासलाई पुरुषले पनि राम्रो सहयोग गरेका कारण महिला अधिकार सुरक्षित भएको अनुभूति गरेको ठकुरीको भनाइ छ । 

कूल रु ४९ लाख ६६ हजारको कारोबार रहेको सहकारीले विभिन्न पेशा–व्यवसाय सञ्चालनका लागि रु २८ लाख ऋण लगानी गरेको छ । संस्थामा हाल रु १३ लाख ५० हजार बचत रहेको संस्थाका कोषाध्यक्ष पार्वती पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार बालबचत खातामा रु छ लाखभन्दा बढी सङ्कलन भएको छ । 

सहकारीलाई जिल्ला कृषि विकास कार्यालय कास्कीबाट सिंचाइका लागि रु एक लाख अनुदान र गाविसबाट रु दश हजार सहयोग प्राप्त भएको बताउँदै उहाँले शेयर सदस्यलाई अभैm पनि ज्ञान र सीपको अभाव खड्कँदै आएको छ । 

संस्थाका गतिविधि सञ्चालनका साथै बदामको बीउ भण्डारणका लागि संस्थाले रु ७० लाखको लागतमा सुविधासम्पन्न तीनतले पक्की भवन निर्माण शुरु गरेको बताउँदै उहाँले सो भवन निर्माणका लागि कृषि इन्जिनियरिङ कार्यालय हरिहर भवन ललितपुरले तीन वर्षमा लगभग रु ६० लाख अनुदान र बाँकी संस्थाले व्यहोर्ने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग