2026-06-17 04:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा कृषि उपजको औसत मूल्य घटदै

2017-08-29

भदौ १३,बनेपा। काभ्रेपलाञ्चोकमा उत्पादन हुने विभिन्न कृषि उपजको औसत मूल्य घटदै गएको छ । 

जिल्लाको पाँचखाल, बल्थली, कुशादेवी, भकुण्डबेसी र महादेवस्थानबाट नियमित संकलन हुने विभिन्न अन्नबाली तथा नगदेबालीको मूल्य कृषकले कम पाएको तथ्यांक कार्यालय, धुलिखेलका तथ्यांक अधिकृत दिनानाथ लम्सालले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७०/७१, २०७१/७२, २०७२/७३ र २०७३/७४ मा उत्पादन गरेको स्थलबाट कृषि उपजको औसत मूल्य घटदै गएकोले कृषकले घाटा ब्यहोर्नुपरेको लम्सालले बताउनुभयो । गहुँको मूल्य रु ३१ बाट घटेर रु २३, वर्षे मकै रु २६ बाट रु २३, धान मोटो रु २९ बाट बढेर रु ३१, मसिनो धान रु ३७ बाट बढेर रु ५७, कोदो रु २१ बाट बढेर रु ३८, रातो आलु रु २९ बाट घटेर रु २७, सेतो आलु रु २५ बाट रु २२ मा झरेको छ । 

त्यस्तै तोरीको मूल्य वृद्धि भएको छ । तोरी रु ७५ बाट रु ९४ पुगेको छ । तर फलफूलको मूल्य घटेको छ । आँप, अम्बा, लिची, कागती, सुन्तला, नास्पति, जुनारको मूल्य घटेको देखिएको छ । 

यहाँबाट उत्पादन हुने विभिन्न तरकारी, काउली, रायो, भेडेखुर्सानी, काँक्रो, फर्सी, लौका, स्कुस, मोटरकोसा, बोडी, बन्दागोभीको मूल्य केही तलमाथि हुने गरेको छ । 

रागाँ, खसी, बोका र सुंगुरको मासुको मूल्य वृद्धि भएको छ । कुखुरा र हाँसको मासुको मूल्यमा केही वृद्धि भएको छ । गाईको दूधको मूल्य रु ४१ बाट रु ९४ पुगेको छ । भँैसीको दूधको मूल्य रु ५६ बाट रु ६९ पुगको छ । स्थानीय कुखुराको अण्डा मूल्य रु २१ सम्म पुगेको छ, भने उन्नत जाताका कुखुराको अण्डा रु ९ बाट रु १५ पुगेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ