2026-10-31 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुबाट दैनिक दुई करोडको खसीबोका बिक्री

असोज ९, कपिलवस्तु। चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु दुई करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौँ पठाउने गरिएको छ । 

घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौँ पठाउने गरेका छन् । जिल्लाको चन्द्रौटास्थित खसीबजारमा दशैंको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ । 

स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायतका व्यापारीले खसीबोका ल्याई काठमाडाँैलगायत देशका अन्य शहरमा पठाउने गरेका छन् । भारतीय व्यापारीले कृष्णनगर नाकाहँदै खसीबोका चन्द्रौटा बजार ल्याउने गरेका छन् । 

चन्द्रौटाबाट एकदिनमा १२ ट्रकसम्म खसीबोका काठमाडौंँ पठाउने गरेको भारतीय व्यापारी हलिम कुरैसीले बताउनुभयो । “माग भए बमोजिम खसीबोका पठाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । 

विगत लामो समयदेखि भारत उत्तर प्रदेशको बहराइच र नानपाराका भारतीय व्यापारीले काठमाडाँैमा खसीबोकाको व्यापार गर्दैआएका छन् । दशैँका बेला खसीबोकाको माग धान्न गाह्रो हुने गरेको बहराइचका व्यापारी अवरास मुसलमानले बताउनुभयो । यहाँबाट बाबरी, जमुना पारी र स्थानीय जातका खसीबोका काठमाडौँ पठाउने गरिएको छ । एउटा ट्रकमा २५० देखि ३०० सम्म खसीबोका पठाउने गरिएको उहाँको भनाइ छ । कृष्णनगर भन्सार कार्यालयका अनुसार असोज १ गतेदेखि हालसम्म करिब आठ हजार भारतीय खसीबोका नेपाल भित्रिएका छन् ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय